होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीविरुद्ध दूर्व्यवहार : पूर्वयुवराज पारस शाहले मागे माफी
समाचार

प्रहरीविरुद्ध दूर्व्यवहार : पूर्वयुवराज पारस शाहले मागे माफी

  • नागरिक रैबार
प्रहरीविरुद्ध दूर्व्यवहार : पूर्वयुवराज पारस शाहले मागे माफी

काठमाडौं, भदौ ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् ।

सोमबार बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु।’ उनले पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन्। कोमल बायोप्सी गराउन बैंकक जाँद थिइन्।

उनले लेखका छन्, ‘मेरो आमा बायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो । आमाको स्वास्थ्यका कारण म तनावमा थिएँ। त्यो बेला एक प्रहरीले मेरो छोराको अनुहारमा डन्डा राखेको देखेँ। एक नेपाली हुनु र एक बाबु हुनुको नाताले आफ्नो छोरासँग भइरहेको त्यस्तो व्यवहार देखेर मैले आफूलाई रोक्न सकिनँ।

विज्ञापन

सायद मेरो ठाउँमा अरु कोही भएको भए पनि त्यस्तै गथ्र्यो होला। तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहन्छु र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने छन्।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार