होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदर्शनमा नजान नेकपा चितवनको कार्यकर्तालाई निर्देशन
समाचार

प्रदर्शनमा नजान नेकपा चितवनको कार्यकर्तालाई निर्देशन

  • नागरिक रैबार
प्रदर्शनमा नजान नेकपा चितवनको कार्यकर्तालाई निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको भन्दै सो निर्देशन दिएको हो । पार्टीले आज प्रेषित गरेको विज्ञप्तिमा नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले उल्लेख गरेको छ । यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले यस्तो कार्य स्वीकार्य नहुने पनि जनाएको छ ।

नेकपाले विज्ञप्तिमार्फत् चितवनलाई शान्ति र अमनचयन कायम राख्न प्रशासनलगायत आमजनसमुदायमा अपील पनि गरेको छ । कुनै पनि बहानामा भएका यस्ता अराजक गतिविधिमा संलग्न नहुन पनि सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरुलाई पार्टीले निर्देशन दिएको छ ।

विज्ञापन

भरतपुर महानगरपालिका वडा नं. १ स्थित पोखरा बसपार्ककोहोटल कङ्गारुमा गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु भएको सन्दर्भमा रवि लामिछाने लगायतका तीन जना व्यक्तिहरुलाई चितवन प्रहरीले अनुसन्धानको लागि अदालतको आदेशले न्यायिक हिरासतमा राखेको अवस्थामा केही दिनदेखि चितवनमा भएको हुलहुज्जत र त्यसले सिर्जित परिस्थितिको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको गम्भीर ध्यान आकृष्ट भएको पार्टीले जनाएको छ ।

नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन  माग  गरेको छ । निर्दाेष नपरुन्, दोषी नउम्किउन भन्ने हाम्रो पनि चाहना रहेको पार्टीले जनाएको छ । अनुसन्धानको क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले नै निरुपण गर्न दिइनु पर्ने पार्टीको ठहर छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुसन्धानप्रति आशंका लागेमा वा न्यायालयको निर्णयउपर चित्त नबुझेमा पुनरावेदन गर्न संविधानले स्पष्ट व्यवस्था गरेको पनि पार्टीले जनाएको छ । नारायणीअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार