होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ मंसिर। “सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न, सक्ने प्रयास गर्ने गरेकै छन् मनको पीडा मेट्न” गरिव दुखी जनताको सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम, सहयोग गर्ने सवैकन प्रकाशले हात जोड्छन निरास भाका दीनदुखीको जीवन नै मोडदिन्छन् गरिव दुखी जनताकोे सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम” यी […]
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । जिल्ला सदरमुकाम मार्तडी (नेकपा)पार्टी कार्यालय नजिकै जिप पल्टिएको छ । शुक्रबार सदरमुकाम मार्तडीबाट कोल्टीका लागी छुटेको से १ ज १०१९ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट यात्रु बोकेर कोल्टीका लागी छुटेको जिप सडक हिलाम्बे हुँदा सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। बाजुरा जिल्ला अस्पतालमा कार्यरत सर्जरी तथा प्रसुति चिकित्सक डाक्टर दुर्गाराज महर्जनको विदाई गरिएको छ । शुक्रबार बाजुरा जिल्ला अस्पतालले एक भव्य कार्यक्रमको आयोजना गरेर डाक्टर महर्जनको विदाई गरेको हो । डाक्टर महर्जन वि.स. २०७३ साल मंसिर १८ गते बाजुरा जिल्ला अस्पतालमा हाँजिर भएका थिए । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
इटहरी–समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । बाजुरा सहित सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे […]
बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ। नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनिय भएको विज्ञप्तीमा […]
काठमाडौँ — राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
कञ्चनपुरमा बलात्कारको मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेको आरोप लागेका प्रहरी निरिक्षक नैनसिह साउँदको अडियो सम्वाद बाहिरिएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख समेत रहेका प्रहरी निरिक्षक साउँदले मुद्धा दर्ता गरी कानूनी प्रक्रिया अगाडी बढाउनुको सट्टा नौ लाख रकममा मिलाउने भूमिका खेलेको अडियो संवादबाट पुष्टि हुन्छ। के थियो घटना ? गत साता कृष्णपुर नगरपालिका वडा नम्वर ४ […]
नेपाल सरकारले संघीय संरचनाअनुरूप ९९ हजार ५ सय ७२ कर्मचारीको समायोजन गरेको छ । तर, मुलुकको दुर्गम क्षेत्रमा अझै पनि कर्मचारी पुगेका छैनन्। विगत १५ महिनाभित्र सरकारले संघीय संरचनाअनुरूप गरेको विकास कार्यमध्ये कर्मचारी समायोजन पनि एक हो। यस समायोजनले निजामती कर्मचारी प्रशासन चुस्त हुने र जनताले सरकारका निकायहरूबाट सजिलै सेवा–सुविधा प्राप्त गर्ने अपेक्षा गरेका थिए, […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
काठमाडौं। अर्घाखाँचीमा भएको बस दुर्घटनाका मृतकको संख्या १७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रकाश विष्टले अहिलेसम्म १७ जनाको शव फेला परेको देखापढीलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। मृतक कसैको पनि सनाखत हुन नसकेको डीएसपी विष्टले बताए। अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट बुटवलका लागि […]
टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा भएको दुर्घटनामा घाइते भएका मध्य ६ जनाको अवस्था गम्भीर छ। नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेकोा लु४ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेको हो। मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय […]
डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयको झण्डै दुई घण्टाको अवरोध पछि राजमार्ग खुलेको छ। घटना अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त पन्त राजमार्गको गैरा बजारमा आज दिउँसो करिब दुई घण्टा सडकमा अवरोध सिर्जना गरेपनि अहिले खुलेको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले स्थानीयले […]
काठमाडौं : अर्घाखाँची र हुम्लामा भएका दुई सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको घटनास्थलमै ज्यान गएको हो। बुटवलबाट अर्घाखाँची गइरहेको यात्रु बस नरपानी र घुम्चीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यात्रुले भरिएको बस सडकबाट तल खोँचमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि […]
सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर भएका छन्। कुनैबेला निगालोको जङ्गलका रुपमा चिनिँदै आइएको खप्तड क्षेत्रलाई पछिल्लो समय सुदूरपश्चिमका स्थानीयवासी प्रकृतिले दिएको अनुपम उपहार भन्दै संसारभरि चिनाउन लागिपरेका छन्। असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई […]
काठमाडौँ । निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि हिँडेकोबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताएको छ । आयोगले बुधबार उपनिर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताए । प्रचण्ड कास्कीलगायत उपचुनाव हुने क्षेत्रमा हेलिकप्टर चढेर पुगेकोबारे पत्रकारहरुले सोधेको […]
जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ। सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो। उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका वडा नम्बर १ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए। पहिलो सेवाग्राही हुनुभएकी शाहीसहित […]
कास्की- कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला […]