होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात
समाचार

सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात

  • नागरिक रैबार
सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात

 गएको बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ र बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ ।

चिसो बढेसँगै गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीय जोगीसिंह विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तु गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।’

विज्ञापन

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण हिउँदे बाली सप्रिने आशामा स्थानीय खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको ध्वजबहादुर विष्टले जानकारी दिनुभयो । हिमपातल चिसो बढेसँगै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । हिमपातसँगै पानी परेपछि यहाँको तापक्रम निकै घटेको छ ।

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाव दिनुभएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै