होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु
समाचार

शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु

  • नागरिक रैबार
शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु

पुस , १ धनगढी। शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका – ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर  ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो तर, केही बेरमै उनको ज्यान गयो ।

चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले शौचालयमा लडेका कारण ज्यान गएको बताए । ‘बाहिर चोट छैन भित्र हुन सक्छ’ उनले भने, ‘शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार