होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय सरकार : बेथितिको अखडा बन्दै
समाचार

स्थानीय सरकार : बेथितिको अखडा बन्दै

  • नागरिक रैबार
स्थानीय सरकार : बेथितिको अखडा बन्दै

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले गुप्तचरले अख्तियारमा बुझायो राजस्व कर्मचारीको विवरण र राजधानी दैनिकले म्याराथनमा २४ वर्षपछि नेपाललाई स्वर्ण, चम्किए किरण शीर्षकमा मुख्य समाचार बनाएका छन् ।

शनिबार जनता समाचार डट कम मा साग खेलकुदको सातौँ दिन, नेपालले थप्यो २ स्वर्ण पदक, पर्यटनमन्त्री भट्टराईले भने – ‘अनुमति पाए अदालतमै बहस गर्छु’, पाँचथरमा पहिलो पटक सुन्तला महोत्सव, चार करोड ह्याकिङ प्रकरण : कृषि विकास बैंकका प्रवन्धकसहित १० जना जेल चलान, पिकनिक बस दुर्घटना, बालिका आमा र कृषि संयन्त्रको सही परिचालन नहुँदा उपलब्धि कम लगायतका विषयमा प्रमुख समाचार प्रकाशन गरिए ।

नागरिक दैनिक ले ‘बेथितिको अखडा बन्दै स्थानीय सरकार’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतले जे भन्यो जनप्रतिनिधिले त्यही मान्नुपर्ने अवस्था सिर्जना भएको छ । उपत्यकाको हकमा घर भएका जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखहरुले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएकोे, अधिकृतहरुको मनोमानीका कारण सेवाग्राही मर्कामा परिरहेको, अधिकृतहरु नियमित कार्यालय नजाने र गएको दिन पनि ढिलो गरी पुग्ने गरेको र समय अगावै कार्यालयबाट निस्किने गरेको जस्ता प्रवृत्तिका कारण सेवाग्राही, मातहतका कर्मचारी र जनप्रतिनिधिसमेत हैरान परिसकेको विभिन्न घटनाहरु समेटेरे समाचारमा विश्लेषण गरिएको छ ।

विज्ञापन

राजधानी दैनिक ले २४ वर्षपछि म्यारानमा नेपालले स्वर्ण जितेको विषयमा ‘चम्किए किरण’ शीर्षकमा प्रमुख समाचार बनाएकाे छ । समाचारअनुसार जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको पछिल्लो परिणाम अनुसार भारतले एकसय ६ स्वर्ण, ६६ रजत, ३१ कास्यसहित अग्रता बनाएको छ । नेपाल ४३ स्वर्ण, ३४ रजत र ६३ कास्यसहित दोस्रो स्थानमा यथावत छ ।

यसैगरी श्रीलंका २७ स्वर्ण, ५२ रजत र ७६ कास्यसहित तेस्रो स्थानमा छ । पाकिस्तान १६ स्वर्ण, २२ रजत र ३४ कास्यसहित चौथो स्थानमा रहँदा बंगलादेश ५ स्वर्ण, २० रजत र ५३ कास्यसहित पाँचौं स्थानमा छ । यस्तै एक स्वर्ण र दुई कास्यसहित चौथो तथा सात कास्यसहित भुटान पदक तालिकाको अन्तिममा रहेको छ ।

यसैगरी राजधानीले ललिता निवास जग्गा प्रकरणबारेसमेत प्रथम पृष्ठमा सीआइबी र अख्तियारमै अल्झियो फाइल शीर्षकमा समाचार छापेको छ । त्रिवि उपचार कोर्षमा चार करोड थन्कियो र नेपालमा दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’ शीर्षकमा पनि प्रथम पृष्ठमा समाचार प्रकाशन भएका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकमा दुर्घटनाले वर्षको ३० अर्ब सकेको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । समाचारमा लेखिएअनुसार नेपालमा वर्षेनी जीवन गुमाउनेको तुलनामा घाइते हुनेको संख्या दोब्बर रहेको छ । यसका कारण सम्बन्धित परिवारले मात्रै होइन राज्यले पनि ठूलो मानवीय क्षती खेपिरहेको छ । दुर्घटनाका कारण पारिवारिक र सामाजिक पीडाको मापन त हुँदैन नै, तर यसले देशको अर्थतन्त्रमै गम्भीर असर पुर्याइरहेको समाचारमा विश्लेषण छ ।

अन्नपूर्णले दुर्घटनाका कारण अर्थतन्त्रमा हुने मानवीय क्षतीका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले केही समयअघि अध्ययन गर्दा दुर्घटनाबाट मात्रै नेपालको कुल ग्राहस्थ उत्पादनमा ०.८ प्रतिशत क्षति भएको देखाएकोसमेत उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार