होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अबदेखि साँफे–मार्तडी सडक खण्डमा रु १ सय ६५ भाडा
समाचार

अबदेखि साँफे–मार्तडी सडक खण्डमा रु १ सय ६५ भाडा

  • नागरिक रैबार
अबदेखि साँफे–मार्तडी सडक खण्डमा रु १ सय ६५ भाडा

मदन वि.क./बाजुरा २२ मंसिर।बाजुरा जिल्लामा सवारी साधानको भाडादर घटेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण गरेपछि सवारी साधानको भाडादर घटेको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी देखि साँफेसम्मको रुट र भाडादर निर्धारणका लागि पटक पटक आग्रह गरेपछि सो सडकको रुट र भाडादर घटेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

उक्त बाटो ५५ किलोमिटर लामो र औसतमा ५ प्वाइन्ट ५ मिटर चौडाई रहेको छ । सो सडकमा ४० सिट वा सोभन्दा कम सिट भएको यात्रुवाहक सवारी साधान संचालन गर्न पाउने गरि यातायात संचालन र भाडादर कायम गराउन जिल्ला प्रशासन कार्यालय बाजुरालाई यातायात व्यवस्था विभागले जानकारी गराएको छ ।

विज्ञापन

यस अघि यातायात व्यवसायीहरुले सदरमुकाम मार्तडीबाट अछामको साँफेवगर सम्म प्रतिव्यक्ति ५ सय अशुल्दै आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार