होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आजबाट देशभर पश्चिमी वायुको प्रभाव, हिमपात र वर्षाको सम्भावना
Breaking News

आजबाट देशभर पश्चिमी वायुको प्रभाव, हिमपात र वर्षाको सम्भावना

  • नागरिक रैबार
आजबाट देशभर पश्चिमी वायुको प्रभाव, हिमपात र वर्षाको सम्भावना

काठमाडौं– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।

उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात शुरु भएको मौसमविद्ले जनाएका छन् ।

यो प्रणाली बिहीबार(आज) अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन् ।

विज्ञापन

सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार