होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
सरिता तिवारी विचार । चार दिनको फेरमा पर्ने मजदुर दिवस (मे १) र मार्क्स जयन्ती (मे ५) कै हाराहारी सञ्चारमाध्यमहरूमा एउटा अप्रिय समाचार देखियो । यद्यपि यति बेला प्रिय समाचारको अपेक्षा ‘बेमौसमी’ कुरो हुन सक्ला, तथापि अप्रियमध्येको पनि सबैभन्दा खेदपूर्ण र निन्दनीय खबरले झोंक र अफसोसको ग्राफ कसरी बढाइदिन्छ, त्यसको संवेदनाबोध गर्ने कसैले पनि सजिलै […]
काठमाडौं ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
सन्ताेष अधिकारी विचार । बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन […]
रामेश्वर शाह विचार काठमाण्डाैँ । आवेदन, निवेदन, दरखास्त, उजुरी, जाहेरी, फिरादपत्र, बिन्तीपत्र जेजे भने पनि कुनै व्यक्ति वा संस्थाले दायर गरेको लिखित आवेदनपत्रमा अड्डाविशेषका ‘हाकिम’ ले ‘दर्ता गर्नू’ भन्ने तोक लगाएपश्चात् मात्र किन दर्ता प्रक्रिया अघि बढाइन्छ, कहिल्यै बुझ्न सकिएन । कुनै निवेदन दर्ता गर्नु भनेको कार्यालयसमक्ष आवेदकले आफ्ना कुरा औपचारिक तवरबाट राख्नु हो । […]
नागरिग रैबार काठमाडौ ३० बैशाख । विश्वमा सबैभन्दा धेरै काेराेना प्रभावित यि ५ देश अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण जहाँ सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान […]
भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि देश तरंगित बनेको छ । भारतले सडक बनाइरहेको जानकारी नेपालको प्रशासनलाई अहिलेसम्म पाएको थिएन ? किन थाहा नहुनु ? भारतले लुकिछिपी सडक बनाएको होइन । हाम्रो सडक विभागजस्तै उनीहरूको सीमा सडक संगठन (बिआरओ) ले माथिल्लो भागमा सन् २००८ मै सडक निर्माण थालेको हो । तल्लो भागमा त सन् १९९९ देखि नै बनाउन […]
काठमाडौं, २९ वैशाख । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी समितिले स्थानीय स्तरमा निर्माण […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। बडीमालिका नगरपालिका वडा ८ र ९ को गठखेत, बाउली, चौराटीखेत, राप्का लगायत आसपासका क्षेत्रमा किसानले लगाएका आलुमा डढुवा रोगको प्रकोप देखिएपछि आलुमा ढुसीनाशक विषादि छर्किन थालेको छ । लगातारको वर्षा संगै आएको असिनाले किसानले लगाएका आलुमा व्यापक रुपमा डढुवा रोगको प्रकोप देखिएपछि आलुलाई डढुवा रोगको प्रकोपबाट जोगाउनका लागि कृषि ज्ञान केन्द्र […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रका आठ ठूला तीन वर्षे कार्यक्रम तर्जुमा गरेको छ। कृषि मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको छ। यी कार्यक्रमका लागि करिब ४० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। ‘आठवटा कार्यक्रम संघीय कृषि मन्त्रालयमातहत सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी छ’, आयोगका सदस्य दीलबहादुर […]
काठमाडौँ — नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो । यसैगरी अपहरण आरोपित चारैजनाले […]
राजा बोला रात है, रानी बोली रात है, मंत्री बोला रात है, संतरी बोला रात है, सब बोले रात है, यह सुबह–सुबह की बात है । भारतीय चर्तित कवि गोरख पाण्डेयको यो कविता हालको हाम्रो सन्दर्भमा ठ्याक्कै मिल्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका नामी सल्लाहकार, जे भने पनि हो–हो, सही हो भन्नुपरेको छ […]
काठमाडौं : नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ । भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सन्देश मार्फत उक्त रोडको उद्घाटन गरेका थिए । […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित स्वर्गीय मन्धरि देवि अयडीको १३ औ दिने पुण्यतिथिको अबसरमा सावुन सहयोग गरिएको छ । स्वर्गय मन्धरि देवि अयडीका छोरा रत्न माविका सह–शिक्षक चन्द्रबहादुर अयडी र रेडियो पौरखिमा कार्यरत पत्रकार चक्र बहादुर अयडीले साबन हस्तान्तरण गर्नु भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २५ बैशाख। बाजुराको गौमुल गाउँपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ । आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउँपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ । गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर […]
काठमाडौँ २५ बैशाख । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो […]
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा […]