होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • जुम्लामा दुई सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण
पत्रपत्रिका

जुम्लामा दुई सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण

  • नागरिक रैबार
जुम्लामा दुई सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण

जुम्ला : जुम्लामा १७ जना सर्वसाधरण र दुईजना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा आइतबार जुम्लाका १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो। संक्रमितहरु हिमा गाउँपालिकाका आठ, सिञ्जा गाउँपालिकाका नौ र दुईजना नेपाल प्रहरी का रहेका छन्।

प्रतिष्ठानले जनाएअनुसार हिमा–१ का ३६ र ६३ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ वर्षीय पुरुष रहेका छन्। यस्तै, वडा ५ का २६, २३, ४३, ४६ वर्षीय पुरुष र वडा नम्बर ७ का ५९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, सिञ्जा–३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष र वडा नम्बर ६ का ४५, ३१, १२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो।

संक्रममित दुई सुरक्षाकर्मी भने कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका प्रहरी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै