होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा भिटिएम र आरडिटी किटको अभाब
समाचार

बाजुरामा भिटिएम र आरडिटी किटको अभाब

भारतबाट आउनेको संख्या बड्दै, कोरोनाको जोखीम उच्च:बरिष्ठ जनस्वास्थ्य अधिकृत पन्त

  • नागरिक रैबार
बाजुरामा भिटिएम र आरडिटी किटको अभाब

राजेन्द्र बहादुर रोकाया/बाजुरा १९ जेठ।   बाजुरा जिल्लामा दिन प्रतिदिन भारतबाट जिल्ला भित्रिनेको संख्यामा बृद्धि भइरहेका बेला भिटिएम र आरडिटी किटको अभाब हुदा कोरोनाको जोखिम उच्च रहेको छ ।

बाहिरबाट आउनेको संख्यामा दिन प्रतिदिन सयको संख्यामा बढीरहेको छ उनिहरुको कोरोना परीक्षणको लागी आवश्यक पर्ने किटको अभाव हुदा कोरानोको जोखीम बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वथ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ ।

अहिले सम्म बाजुरामा ३ हजार १ सय ५१ जना जिल्ल भित्रिएका छन् । यति ठुलो संख्यामा जिल्ला भित्रिएकोमा बढी भारतका बिभिन्न सहरबाट आएका छन् । भारत अहिले कोरोना भाईरसको उच्च जोखीम तथा बिश्वकै सातौं स्थानमा रहेको देशबाट जिल्ला भित्रिनेको संख्या बढेपछी जिल्ला बासी पनी त्रसित हुदै गईरहेका छन् ।

विज्ञापन

एकातिर जिल्लाका स्थानीय तहले संचालन गरेका क्वारेन्टाईन समेत ब्यबस्थित देखीदैनन् । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ८ को मालिका माद्यामिक बिद्यालयमा संचालन गरेको क्वारेन्टाईन समेत बस्ति नजिकै भएकाले कोरोनाको जोखीम बढ्ने देखीन्छ ।

रेडियो पौरखीको नियमित कार्यक्रम कोरोना बिषेशमा बोल्दै पन्तले जिल्लाका स्थानीय तहमा संचालन गरेका क्वारेन्टाइनमा कतै खानेपानीको अभाव कतै चर्पि प्रयाप्त नभएको बताउदै केही स्थानी तहले बिस्तारै ब्यवस्थापन गर्दै गईरहेको बताउनुभयो । क्वारेन्टाईनको लागी बिद्यालय बाहेक अरु बिकल्प नभएकाले भारबाट आउनेको संख्या बढ्दै गए थप क्वारेन्टाईको ब्यकस्थापन गर्ने सकस हुने समेत बताउनुभयो ।

हिजो बाजुरामा कोरोना भाइरसबाट दुई बर्षिया बालिकाको कोरोना भाईरसका कारणा मृत्यु भएको बताउदै सुरुमा मृत्यु भएकी बालिका सहित बालिकाका आमा बुबा बसेको बुढिगंगा नगरपालिका १ धुरालसैन माबिको क्वारेन्टाइन सिल गरीने पनि बताउनुभएको छ ।

मृतक बालिका सहित बालिकाकी आमाको समेत कोरोना रिर्पोर्ट पोजेटीभ आएको छ । उक्त २३ बर्षिया आमा र मृतक दुई बर्षिया बालिकाको सम्पर्कमा आनएका बुढिगंगा नगरपालिका १ धुरालसैन माबिको क्वारेन्टाइनका १८५जनाको आजै स्वाब संकलन गरी धनगढी स्थित प्रादेशीक प्रयोगशालामा पठाईने भएको छ ।

१८५ जना संगै उनिहरुको स्वाब संकलन गर्ने चिकित्सक, सुरक्षाकर्मि र खाना खुवाउने लगाएत सबैको स्वाव संकलन गरी पठाईने बताउनुभएको छ । जिल्लमा भिटियाम र कटिको अभाब भईरहेको समयमा हिजो प्रदेबाट १९२ भिटियाम आएको र उक्त भिटिएम आजै सकिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार