होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।दिनेश खबरबाट साभार
धनगढीः यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। मंगलबार काठमाडौंमा बढी भाढा लिएको आरोपमा टिकट काउन्टरका कर्मचारी र विचौलियालाई प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। ट्राफिक प्रहरीले चार जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २४ वर्षीय भरत गुरूङ, सिन्धुली कमलामाई घर भई […]
दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४ वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो । आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ । खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने […]
काठमाडौँ — इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम मंगलबार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । ‘झन्डै एक वर्षअघि देखिको यो प्रक्रिया […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ […]
काठमाडौंः रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यु जारी छ। निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रहरीले हटाउन खोज्दा आइतबार दोहोरो झडप भएको थियो। घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले त्यहाँको […]
काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ । संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ । ‘हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन आदेश […]
उदयपुर–सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोसी नदीको मोटरेबल पक्की पुल निर्माण म्याद सकिएको ३ वर्ष बितिसक्दासमेत अहिलेसम्म बन्न सकेको छैन । तोकिएको सम्झौताभन्दा ३ वर्ष ढिला हुँदासमेत मोटरेबल पक्की पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण सुनकोसी नदीको निर्माणाधीन पक्की पुल बन्न नसकेको हो । निर्माणाधीन पुलको निर्माण कार्य […]
काठमाडौं/बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो । आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जन घाइते भएका छन् […]
काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् । हिन्दु नेपालीहरुको पर्व दशैं शुरु […]
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसैँका लागि तलब थाप्न नपाइने भएपछि उनी निराश भएका हुन् । ‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसैं मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दसैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।’ नगरपालिकामा […]
काठमाडौँ — राष्ट्रियसभाको बैठक पहिले झैँ सोमबार पनि प्रमुख प्रतपिक्ष दल नेकपा (एमाले) ले अवोध कायमै राखेको छ । बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खिमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिए । मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र […]
धनगढीः सुदूरपश्चिमका तत्कालीन एमाले नेता भानुभक्त जोशीले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीमा प्रवेश गरेका जोशीलाई पार्टीले ब्यवस्थापन गर्न नसक्दा जोशीका निकटका कार्यकर्ताहरु भने अलमलमा परेका छन्। उनी निकट एमाले छाड्न तयार भएका नेता तथा कार्यकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बताईएको छ। समाजवादीमा प्रवेश गरेका जोशीलाई स्थायी समिति सदस्य बनाउने भनिएको […]
काठमाडौंः हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन्। फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन्। आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन्। परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए। मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो। उनले पूर्वपत्नीलाई लिएर […]
चितवन: चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ। नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो। राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप १५ हजार प्राप्त गरेकी छिन्। नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको […]
काठमाडौं । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।सङ्घीय संसद् सचिवालयले विशेष कारण आइतबारका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
धनगढी । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए । एसपी […]
बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु […]
काठमाडौं । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै संकेत फेला […]
बागलुङ। हो, दसैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार। अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु। यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो। के गरिब र […]