होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फोक्सिङटार पक्की पुल निर्माण ९ वर्षदेखि अलपत्र, नदी वारिपारि पिलर मात्रै ठड्याएर छाडियो
समाचार

फोक्सिङटार पक्की पुल निर्माण ९ वर्षदेखि अलपत्र, नदी वारिपारि पिलर मात्रै ठड्याएर छाडियो

  • नागरिक रैबार
फोक्सिङटार पक्की पुल निर्माण ९ वर्षदेखि अलपत्र,  नदी वारिपारि पिलर मात्रै ठड्याएर छाडियो

उदयपुर–सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोसी नदीको मोटरेबल पक्की पुल निर्माण म्याद सकिएको ३ वर्ष बितिसक्दासमेत अहिलेसम्म बन्न सकेको छैन । तोकिएको सम्झौताभन्दा ३ वर्ष ढिला हुँदासमेत मोटरेबल पक्की पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र भएको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण सुनकोसी नदीको निर्माणाधीन पक्की पुल बन्न नसकेको हो । निर्माणाधीन पुलको निर्माण कार्य अलपत्र अवस्थामा छ ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चे अवस्थित सुनकोसी नदीमा निर्माण हुन लागेको पक्की पुल निर्माण लामो समयदेखि अलपत्र परेको हो ।

पुल निर्माण अगाडि बढ्न नसकेका कारण अलपत्र परेको स्थानीयको गुनासो छ । ३ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सो पुल नदी वारिपारि पिलर मात्र उठाएर छाडिएको छ ।

विज्ञापन

पक्की पुलको पिलर गाड्ने कामबाहेक कुनै काम हुन सकेको छैन । निर्माणाधीन पक्की पुल निर्माण ढिलाइ हुनुमा ठेकेदार र विभागका उच्च कर्मचारी जिम्मेवार रहेको खोटाङबासीको आरोप छ ।

दुई जिल्लालाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको ९ वर्ष पुग्दासम्म निर्माण कम्पनीको बेवास्ताका कारण पूरा हुन सकेको छैन । २० चैत २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम अहिले ४८ प्रतिशत मात्र भौतिक प्रगति छ । यसले दुई जिल्लाबासीलाई आउजाउमा समस्या पर्दै आएको छ ।

गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका वडा नम्बर ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका वडा नम्बर ९ बीचको फोक्सिङटारमा निर्माणाधीन पुल २० चैत २०७५ मा सम्पन्न गर्ने गरी २३ चैत २०६९ मा ठेक्का सम्झौता भएको थियो ।

साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाइ र १ सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती र वाइपी जेभीले लिएको छ । ३ स्पानको सो पुल बनाउन सडक विभागले १९ करोड ६० लाख रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।

पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । उदयपुर र खोटाङतर्फ जमिनको सतहभन्दा माथिसम्म पिलर उठाउने काम मात्र भएको छ ।  निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कोरानाको बहाना बनाएर काम नगरेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले बताएको छ ।

सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न अझै निकै समय लाग्नेछ । कोरोना महामारी र कोसीमा बाढी आएको वहाना बनाएर निर्माण कम्पनीले काम नगरेको रौतामाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पाण्डव राई बताउँछन् ।

पुल नबन्दा दुई जिल्लाबासीलाई आउजाउ गर्न समस्या हुने गरेको छ । पुल समयमा नबनेकै कारण बर्सेनि पुसमा बेलीब्रिज जडान गर्ने र बर्खा लागेपछि वैशाख अन्तिममा खोल्ने गरिएको छ ।

पुल समयमा नबनेकै कारण छैटौँ  पटक अस्थायी बेलीब्रिजमा मात्र ४ करोड रुपैयाँ बढी रकम खर्च भइसकेको छ । यो क्रम ६ वर्षदेखि निरन्तर छ ।  उदयपुर र खोटाङलाई जोड्ने रणनीतिक महत्त्वका सडक योजनामा पर्ने सुनकोसी नदीको फोक्सिङटारमा निर्माण हुने मोटरेबल पक्की पुल नबन्दा दुवै जिल्लालाई आर्थिक गतिविधिमा समेत असर परिरहेको छ ।

हिउँदमा बेलीब्रिजको माध्यमबाट सीधा यातयात सञ्चालन भए पनि बर्खामा सुनकोसीमा आउने बाढीले बेलीब्रिज खोल्दा यातायात ठप्प हुने गर्दछ । पक्की पुल नहुँदा बर्खामा बिरामी परे महँगोमा हेलिकोप्टर चार्टर गर्नुपर्ने खोटाङबासीको बाध्यता छ ।

पुल नभएकै कारण खोटाङमा विभिन्न उपभोग्य वस्तुसमेत महँगो मूल्यमा ढुवानी हुने गरेको छ । गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु गरेको सडकको ट्रयाक खुलेको २७ वर्ष बितिसक्दा पनि पुल नबन्दा गाईघाट–दिक्तेल सीधा यातयात सञ्चालन हुन सकेको छैन ।

फोक्सिङटारमा स्थायी पुल नहुँदा गाईघाट–दिक्तेल सडक योजनाको खोटाङतर्फको सम्पूर्ण काम प्रभावित भएको गाईघाट–दिक्तेल सडक योजनाका प्रमुख गोपालप्रसाद खकुरेले बताए ।

खोटाङको तराईसँग जोडिने सबैभन्दा छोटो दूरीको सडक खण्डअन्तर्गत पर्ने सो पक्की पुल निर्माण हुन नसक्दा सर्बसाधारणले बर्सेनि सास्ती खेप्नुपरेको छ । राष्ट्रिय योजना आयोगको १९ करोड रुपैयाँ आर्थिक सहयोगमा गौरी पार्वती निर्माण सेवा कम्पनी प्रालिले पक्की पुल निर्माणको जिम्मा लिएको छ ।

सो पक्की पुलको पुनः डिजाइन परिवर्तन गरेर निर्माण थालिएको हो । सो पुलको १० वर्षअघि निर्माण गर्न ठेक्का लागेको भए पनि विभिन्न वहानामा रद्द हुँदै पछिल्लो पटक २०६९ मा ठेक्का सम्झौता भएको थियो ।

सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख, आयोजना प्रमुखसहितका उच्च कर्मचारीसहितको बैठकमा पुल निर्माण अबिलम्ब गर्न आग्रह गर्दा निर्माण कम्पनीका ठेकेदार राजकुमार थापाले सहमति जनाए पनि काम गर्न आलटाल गरिरहेको स्थानीय बताउँछन् । पुल निर्माण स्थलमा ६ वर्षदेखि गाईघाट– दिक्तेल सडक योजनाले बेलीब्रिज निर्माण गरेर यातायात सञ्चालन गर्दै आएको छ । पालिका खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार