होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भानुभक्त जोशीको जिम्मेवारी टुङ्गो लागेन, कार्यकर्ता अलमलमा
समाचार

भानुभक्त जोशीको जिम्मेवारी टुङ्गो लागेन, कार्यकर्ता अलमलमा

  • नागरिक रैबार
भानुभक्त जोशीको जिम्मेवारी टुङ्गो लागेन, कार्यकर्ता अलमलमा

धनगढीः सुदूरपश्चिमका तत्कालीन एमाले नेता भानुभक्त जोशीले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीमा प्रवेश गरेका जोशीलाई पार्टीले ब्यवस्थापन गर्न नसक्दा जोशीका निकटका कार्यकर्ताहरु भने अलमलमा परेका छन्। उनी निकट एमाले छाड्न तयार भएका नेता तथा कार्यकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बताईएको छ।

समाजवादीमा प्रवेश गरेका जोशीलाई स्थायी समिति सदस्य बनाउने भनिएको छ। तर परिभाषित जिम्मेवारी भने दिइसकिएको छैन। एक कार्यक्रमका बीच जोशी नेकपा एमाले छोडेर नेकपा एसमा प्रवेश गरेको एक साता हुँदै छ।

त्यसैबेला नेकपा एसले जोशीभन्दा कनिष्ठ गरिमा शाहलाई सचिव नियुक्त गरेको छ। कनिष्ठलाई नेता मानेर तल जान जोशी हच्किएका कारण हाल एमालेमा रहेका तर एसमा इच्छुक नेता, कार्यकर्ता अलमलमा रहेको जोशी निकट एक नेताले बताए।

विज्ञापन

जोशीको पद व्यवस्थापन हुन नसक्दा ती अलमलमा परेका हुन्। स्रोतका अनुसार अछाम, बाजुरा र बझाङ्गबाट नेता तथा कार्यकर्ताहरु एमाले त्यागेर एसमा प्रवेश गर्ने तयारीमा छन्।

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार