होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा
समाचार

मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा

  • नागरिक रैबार
मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ ।

संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ । ‘हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन आदेश दिने गृहमन्त्रीको राजीनामा माग गर्दछौँ’ संघका अध्यक्ष किरण पौडेलले जारी गरेको वज्ञिप्तिमा भनिएको छ, ‘यस्तो निर्लज्ज दमनमा संग्लग्न सम्पूर्ण दोषीहरूमाथि कारबाहीको माग गर्दछौँ ।’

रुपन्देहीको मोतीपुरस्थित प्रस्ताविध औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा अतसक्रमण भएको भन्दै आइतबार हटाउन गएका सुरक्षाकर्मीसँग झडप हुँदा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । युवा संघले स्थितिलाई शान्त बनाउने र सहकार्यमा आन्दोलनलाई ठाउँ हुँदाहुँदै सिधासिधा हत्या गर्ने उद्देश्यले दमन गरेको देखिएको जनाएको छ ।

विज्ञापन

आइतबार औधोगिक क्षेत्रमा प्रहरी र घरटहरा बनाई बसोबास गर्दैआएकाहरुबीच झडप हुँदा मोतीपुर क्षेत्र दिनभर तनावग्रस्त बन्यो । यस क्रममा चार जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ ।कान्तिपुरबाट  साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै