होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिएको भएको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले १८ वर्षभन्दा […]
काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो । ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै […]
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ । ८८ स्थानीय तहका कुल सात सय ३४ वडा रहेको सुदूरपश्चिममा तीन सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म तीन ८० वडामा […]
काठमाडौं । २१ वर्षीय प्रवेश खड्का नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी […]
बुटवल । बुटवलका एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका कक्षा १२ का विद्यार्थी सागर पोखरेलले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर विद्युतीय मोटरसाइकल बनाएका हुन् । ४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि […]
भक्तपुर। नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा […]
अछाम: अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय बल विकको भिरबाट लडेर ज्यान गएको हो। सोमबार उनको सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनकी श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको परिवारले बताएको छ।
काठमाडौँ — नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो २ बजे बारको […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । सोमबार बाजुराका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मार्तडीमा रहेको बिद्युत अनियमित भएको र नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रको लाईन बिस्तारमा ढिलाई भएको भन्दै जिल्ला […]
तस्बिरमा देखिएको लस्कर हिमाल आरोहीहरूको होइन, गाउँमा भोकमरी हुने भएपछि राज्यसँग चामल माग्न हिँडेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको यो गाउँका बासिन्दा पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । ‘जिल्लामै चामल छैन’ भन्ने हुम्लाका […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै निर्वाचन […]
एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । उपाध्यक्ष […]
काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार बनाउन सकस चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफ्नो टिम घोषणाको गृहकार्यमा छन् । आफ्नो समूहका नेताहरूले टिम घोषणाको प्राधिकार देउवालाई दिइसकेका छन् । तर, उनलाई पदाधिकारी आकांक्षी मिलाउन चुनौती छ । प्रधानमन्त्रीमा रहेर प्रतिस्पर्धामा उत्रँदा देउवाले धेरै खालका दबाब र जोखिम महसुस गरिरहेको उनीनिकट […]
काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा महाधिवेशनमा लगातार केन्द्रीय […]
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँकी सानु महतोको घरमा शनिबार जनगणनाका लागि गणक पुगे। राष्ट्रिय जनगणना २०७८ का लागि पूर्ण विवरण सङ्कलनका गर्न आएकी गणकले अधुरो तथ्यांक मात्रै राखिन्। बाँकी विवरण घरमा मज्जाले भर्ने भन्दै उनी अर्काे घरमा गइन्। गणकको उक्त व्यवहार देखेर महतो अचम्मित भइन्। राष्ट्रिय जनगणनामा अधुरो र झुटो विवरण उल्लेख […]
धनगढीः सुदूरपश्चिममा गहु खेती लगाउने समय आधा सकिदा पनि किसानले अझै मल पाएका छैनन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गहु बाली लगाउने समयमा किसानले मल नपाएका हुन्। अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य दोब्बरले बढेका कारण खरिद गर्न नसकिएको तर्क सरकारी निकायको छ। यस वर्ष पनि समयमा मल नपाउँदा हैरान भएको किसान दिपेन्द्र चौधरीले बताए। […]
पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’ आगो भने नियन्त्रणमा आइसकेको […]
६ मंसिर, काठमाडौं । सोलुखुम्बुकी पूजा फुयाल २१ वर्षकी मात्र भइन् । नेपाल विद्यार्थी संघमा क्याम्पस तहको राजनीतिमा रहेकी पूजा १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । पार्टीको केन्द्रीय सभापतिदेखि सिंगो कार्यसमिति चयनका लागि मतदाता रहेको महाधिवेशन प्रतिनिधि आउन युवाहरूका लागि सहज छैन, कांग्रेसमा । तर उनी पार्टीको क्षेत्रीय प्रतिनिधिमा पनि सर्वाधिक […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि […]
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ […]