होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप
समाचार

अब सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप

  • नागरिक रैबार
अब सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप

सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिएको भएको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ । प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।

खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ । यस्तै आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार