होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उठ्छु: बद्री पाण्डे
समाचार

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उठ्छु: बद्री पाण्डे

  • नागरिक रैबार
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उठ्छु: बद्री पाण्डे

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि  कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा महाधिवेशनमा लगातार केन्द्रीय समितिमा चुनिएँ । सहमहामन्त्रीमा पार्टीका सबै साथीहरुले सहयोग र समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ ।”

पार्टीको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको टुंगो नलागेकाले पदाधिकारीबारे छलफल हुन नसकेको उनले बताए । उनले थपे, “सभापतिको आकांक्षी नेताहरु धेरै हुनुहुन्छ, सभापतिको टुंगो नभएकाले अरु पदमा समूहगत छलफल हुन सकेको छैन । त्योभन्दा पहिले प्रदेश सभापतिको उम्मेदवार टुंगो लगाउनुपर्ने अवस्था छ । हामी आन्तरिक राजनीतिमा प्रतिस्पर्धालाई मित्रवत् बनाउन चाहन्छौं ।”

विज्ञापन

सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छानिएपछि एउटा निष्कर्षमा पुग्ने स्थिति बन्ने पनि उनले दाबी गरे । उनले भने, “हामीले समूहबाट साझा उम्मेदवार खडा गर्न निरन्तर दबाब र सुझाव दिएका छौं । अहिलेसम्म रामचन्द्र, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह कोही ब्याक हुनभएको छैन । सम्भव भयो भने कृष्णप्रसाद सिटौला पनि सम्मिलित हुनुपर्छ भन्ने हाम्रो मत छ । हामीले सामूहिक र व्यक्तिगत रुपमा भेटेर कुरा गरेका छौं । संवाद निरन्तर जारी छ ।”

पार्टीको आन्तरिक राजनीतिमा शक्तिले मात्र काम नगर्ने पाण्डेले बताए । उनले भने, “महाधिवेशन प्रतिनिधिमा राजनीतिमा खारिएका व्यक्ति आउनुहुन्छ । उहाँहरु पार्टीको आवश्यकता अनुसारको नेतृत्व छान्न सक्षम हुनुहुन्छ । यो चिन्ताको कुरा होइन ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार