होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन्। समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति […]
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले स्थानीय तहमा जन्म दर्तासम्बन्धी समस्या आएमा अदालत नगई विभागलाई पत्र लेखेमा सहजीकरण गरिने बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित साथ साथ र महिला कानुन विकास मञ्चले गरेको ‘जन्मदर्ता सम्बन्धी कानुनी प्रावधान र अभ्यासमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले घटना घटेपछि त्यसको दर्ता गर्नुपर्नेबारे सम्बन्धित व्यक्तिलाई जानकारी […]
काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ ।सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस जुनियरले ५५औं मिनेटमा […]
काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए । जलवायु विज्ञ डा. उप्रेतीले तराईमा […]
विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् । फागुन २९ बसेको पार्टीको […]
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट मंगलबार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी मंगलबारदेखि २८ वर्ष लागेकी छन् । अभिनय करिअरमा आलियाले १५ फिल्ममा लिड रोल गरिन्, जसमा १० फिल्म हिट र दुईवटा फ्लप रहे । यसैमहिना रिलिज भएको उनी अभिनित ‘गंगुबाई काठियावाडी’ करोड क्लबमा प्रवेश मात्र गरेन, उनको अभिनयले धेरैको मन जित्यो । यस वर्ष […]
बाजुरा: बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो […]
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । दुई […]
जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन् । वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन् । मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन् । उनले भनिन्, ‘यो गर्नै हुँदैन । किनभने विश्व […]
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन्।काठमाडौंमा भएको ११ औं अधिवेशनबाट कोइराला अध्यक्ष भएका हुन्।नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था, नेपाल निजामती कर्मचारी संगठनमा कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए। सर्वसम्मत रूपमा संगठनको अध्यक्षमा कोइरालालाई चयन गरिएको हो।उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन्।साथै महासचिवमा जीवन काफ्ले चयन भए भने उपमहासचिवमा […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ […]
धनगढी : सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर […]
काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले स्वीकृति दिएपछि […]
काठमाडौँ — निर्वाचन आयोगले साना ७३ दललाई पहिलेकै निर्वाचन चिह्न प्रदान गर्न परामर्श थालेको छ । राष्ट्रिय पार्टीबाहेकले स्वतन्त्र चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान ‘अन्यायपूर्ण’ रहेको भन्दै साना दलले विरोध गरेपछि आयोगले पुरानै चिह्न दिन गृहकार्य थालेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ (६) अनुसार एमाले, कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, […]
रत्ननगर : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन्। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई […]
बेनी: हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ। साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका […]
कञ्चनपुर: कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। दोस्रो साधारण सभाको अवसरमा प्रदेश सरकारको अनुदानमा निर्मित भवन समेत उद्घाटन गरिएको बताइएको छ। सहकारीले समुदायस्तरमा नागरिकलाई आर्थिक सहायता तथा अर्थोपार्जनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष नरेन्द्र चन्दले बताए।
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई हेपेको बताएका छन्। माओवादीको सुदूरपश्चिम प्रदेश प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौंले जसरी विभेद र अपमानका साथ हेर्योु, उनले भने, ‘अब त्यसलाई उल्ट्याउनु छ। हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र […]
काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिंदा यसरी २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले […]