होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी । सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीले दर्खास्त दिएका छन् ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्ना गर्नका लागि प्रहरी प्रधानकार्यालयले चैत्र ६ गतेदेखि ११ गतेसम्म दर्खास्त आह्वान गरेको थियो । जसअनुसार सुदूरपश्चिममा २९ हजार ७१४ जनाले आवेदन लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता प्रहरी […]
कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार […]
नागरिक रैबार/बाजुरा १५ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा आजबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ । बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् । ६ सय ६७ […]
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ । एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु […]
काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा आएको निवेदनको आधारमा […]
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् । राजनीतिक दल सम्बन्धी […]
काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो । पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे […]
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु वा अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे । उनका अनुसार अब वैदेशिक रोजगारीमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको छ। थारु कल्याणकारी सभा कैलालीसहित ११ दलले उक्त विज्ञापन संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्। आफूहरुलाई उपेक्षा गरेर समानुपातिक समावेशी सहभागिताका सिद्धान्तलाई लत्याएको उनीहरुको आरोप छ। ‘संविधानमा थारु क्लष्टरलाई उल्लेख गरेको र थारु आयोगको […]
धनगढीः सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएका छन्। सोमबार विद्यार्थीहरुले प्रिन्सीपल कुम्भबहादुर चन्दको कुर्सी जलाएका हुन्। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीहरुले प्रिन्सीपल चन्दको कुर्सी जलाएको बताइएको छ। विश्वविद्यालयको प्रांगणमा राजनितीक दलका भातृ संगठनका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेपछि क्रान्तिकारी निकट विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएको बताएका […]
काठमाडौं । आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट प्रक्रिया अन्तिमतिर पुगेको छ । विश्वभरबाट सहभागी हुने ३२ मध्ये २० टोलीको टुंगो लागेको छ । बाँकी १२ टोलीको टुंगो पनि अबको केही समयमै लाग्नेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सबैको नजर छ । यसपल्ट पहिलोपटक जाडो समयमा विश्वकप आयोजना हुँदैछ । कतारले पनि […]
रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् ।सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको बताए । ‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो,’ प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् । […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ […]
काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘कुरो दामी हो…’ सार्वजनिक भएको छ । शिवको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना छ । दीपक शिलवालले संगीत भरेका छन् ।कोरस भोकलमा शिवलाई आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन् । क्या दामी भो–२ का रूपमा शिवले यो गीत ल्याएका हुन् । रक्सी सेवनले स्वास्थ्यमा […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन लाद्ने प्रयास नगर्न भनेका छन् । ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा […]
धनगढीः कैलालीमा एक नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटनमा हंगामा मच्चिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा हंगामा मच्चिएको हो। उद्घाटन कार्यक्रममा निर्माण नसकेरै भवनको उद्घाटन गरिन लागिएको विरोध भएको थियो। विरोधका क्रममा मेयरलाई कालो झण्डा देखाउँदै नारावाजी समेत गरिएको थियो। आईतबार नै नेपाली काङ्ग्रेस गोदावरीले उद्घाटन रोक्न नगरपालिकालाई ध्यानाकर्षण समेत गराएको बताइएको छ। यता […]
काठमाडौं । त्रिदेशिय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो । आक्रमक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो […]
, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय […]
काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिम्याकले नेपाली किशोरीलाई आत्मरक्षासम्बन्धी मार्सल आर्ट्स तालिम दिएका छन् । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजका किशोरीलाई उनले आत्मरक्षा कौशल सिकाएका हुन् । एक्सन फर नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी यसैसाता नेपाल आएका थिए । सन् १९९८ देखि नेपाली फिटनेस कोचले सञ्चालन गर्दै आएको किशोरीको आत्मरक्षा सम्बन्धी अभियानमा […]