होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव २० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आयतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो । ‘क’ वर्गका कम्पनीहरुको […]
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए । ‘अहिले मलाई आफ्नो […]
काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन’, उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनसम्मका लागि […]
धनगढी: कैलालीमा सशस्त्र प्रहरीले १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ। मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा उक्त सामान बरामद गरेको हो। भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइ बेवारिसे अवस्थामा राखिएको १ लाख ५ हजार ७ ६० मूल्य बराबरको कपडा तथा […]
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। […]
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्। चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन्। बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गरेका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको […]
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा मंगलवारदेखि भेलाको आयोजना गरिएको हो। भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ। महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि २ दिनसम्म […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू–भागमा सामान्यतया सफा […]
धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको […]
रौतहट: शौच गर्न खेत गएकी महिला रौतहटमा बलात्कृत भएकी छिन्। सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप लागेको छ। आरोपित पटेल फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए। पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको […]
काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । […]
पोखराः जग्गा बेच्न नमानेको भन्दै १ लाख रुपैयाँ दिएर आमाको हत्या गर्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार र शनिबार सञ्चालित विशेषज्ञ सेवासहितको निस्शुल्क स्वास्थ्य शिविरमा तेह्र सयजना स्थानीयले स्वास्थ्य सेवा लिए। बुढीनन्दा नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। बाजुराका साथै सीमावर्ती अन्य जिल्लाका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले शिविरका लागि पहल गरिएको […]
धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव […]
, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् । बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् । ‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) को […]
काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । कुन्मिङ चान्सुई विमानस्थलबाट […]