होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्तरियामा नगरपालिकाको भवनको उद्घाटनमा हंगामा, एक युवक पक्राउ
समाचार

अत्तरियामा नगरपालिकाको भवनको उद्घाटनमा हंगामा, एक युवक पक्राउ

  • नागरिक रैबार
अत्तरियामा नगरपालिकाको भवनको उद्घाटनमा हंगामा, एक युवक पक्राउ

धनगढीः कैलालीमा एक नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटनमा हंगामा मच्चिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा हंगामा मच्चिएको हो।

उद्घाटन कार्यक्रममा निर्माण नसकेरै भवनको उद्घाटन गरिन लागिएको विरोध भएको थियो। विरोधका क्रममा मेयरलाई कालो झण्डा देखाउँदै नारावाजी समेत गरिएको थियो। आईतबार नै नेपाली काङ्ग्रेस गोदावरीले उद्घाटन रोक्न नगरपालिकालाई ध्यानाकर्षण समेत गराएको बताइएको छ। यता प्रहरीले भने उद्घाटनमा कालो झण्डा देखाउन खोज्ने स्थानीय युवक एलआर ओझालाई पक्राउ गरिएको जनाएको छ। तर, अहिले उनी छुटिसकेका छन्।

यस्तै, विरोधकैबीच गोदावरी–२ मा रहेको उक्त भवनको नगरप्रमुख हरीसिंह साउदले उद्घाटन गरेका छन्। कडा सुरक्षाका बीच भवनको उद्घाटन गरिएको जनाइएको छ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार