होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’
समाचार

‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’

  • नागरिक रैबार
‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

विज्ञापन

विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए ।

उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार