होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा […]
काठमाडौं । अभिनेता अनमोल केसी बुधबार आफ्नो जन्मदिन मनाउँदैछन् । उनी २८ वर्षमा प्रवेश गरेका छन् । उनको अभिनय करिअरले पनि १४ वर्ष पार गरिसकेको छ । सन् २०६५ सालमा रिलिज भएको फिल्म ‘सुपरस्टार’ उनको पहिलो फिल्म हो । घरेलु बक्स अफिसमा ब्लकबस्टर बनेको फिल्म ‘सुपरस्टार’मा अनमोल बाल कलाकारको रुपमा फिचर्ड थिए । ११ वटा […]
‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद […]
नागरिक रैबार/बाजुरा १६ चैत्र । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानीयबासीले साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा सडक अवरुद्ध गरेका छन् । साँफे मार्तडी सडककै कारण अम्कोट बासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेको भन्दै त्यहाँका स्थानीयहरुले सडक नै अवरुद्ध गरेका हुन् । सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै […]
काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले कप्तान कप्तान […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु […]
धनगढीः सुदूरपश्चिममा विभिन्न प्रकृतिका अपराधमा संलग्न कैदीबन्दीको संख्या एक हजार ४ सय १४ पुगेको छ। यो संख्या जिल्ला कारागारहरुको क्षमताभन्दा झण्डै तेब्बर हो। प्रदेशका नौ वटै जिल्लामा रहेका कारागारको क्षमता ५ सय २५ मात्र रहेको अवस्थामा दैनिक जसो कैदीबन्दीको संख्या थप हुँदै गएपछि कारागार कैदीबन्दीले भरिएका हुन्। कारागारको क्षमता बढ्न नसके पनि कैदीहरुको संख्या भने […]
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट समेत गरी […]
नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते […]
नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् । उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय […]
नागरिक रैबार/ बाजुरा १५ चैत्र । नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराको दोस्रो पूणर् बैठक सदरमुकाम मार्तडीमा बसिरहेको छ । मंगलबार जनता समाजवादी पार्टी नेकपा एकिकृत समाजवादी पार्टीमा समायोजन भएसंगै पार्टीको दोस्रो पूणर् बैठक बसेको हो ।बैठकमा जनता समाजवादी पार्टीबाट आएका नेताहरुको पदीय जिम्मेवारी, र आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गरिने एकिकृत […]
नागरिक रैबार/बाजुरा १५ चैत्र । जनता समाजवादी पार्टी बाजुराको जिल्ला कार्यसमिति नेकपा (एकिकृत समाजवादी)मा समाहित भएको छ । जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावलको नेतृत्वमा जिल्ला कार्यसमिति नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मतजंग शाहीले जसपाका जिल्ला स्तरको कमिटीलाई एकिकृत समाजवादी पार्टीमा प्रवेश स्वागत […]
१५ चैत, दाङ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् ।गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए […]
काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित/चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको […]
काठमाडौँ — औषधि उपचारमा हुने खर्चकै कारण नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जना गरिबीको रेखामुनि धकेलिने गरेका छन् । संविधानमा आधारभूत स्वास्थ्य उपचारलाई मौलिक हकमा उल्लेख गरिए पनि आमनागरिकलाई औषधिमुलोकै लागि घरखेत बेच्नुपर्ने अवस्था छ । बर्सेनि यति ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिनुका पछाडि स्वास्थ्य क्षेत्रमा हुने कमिसनको खेल, फार्मेसीले प्रेस्क्रिप्सन नबुझेर गलत औषधि दिँदा उपचारमा […]
दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ । यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज […]
धनगढी : स्थानीय तह निर्वाचन घोषणा भएसंगै सुदूरपश्चिममा पनि चुनावी सरगर्मी बढेको छ। विभिन्न राजनितिक दलका नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। विभिन्न एजेण्डा लिएर उनीहरु गाउँ बस्ती पस्ने क्रम सुरु हुँदा गाउँका अधिकांश युवा मतदाताहरु रोजगारीका लागि भारत पसिरहेका छन्। भोटभन्दा भोक ठुलो भएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका तुलाराम सार्कीले बताए। उनले भने, ‘यो हाम्रो बाध्यता […]
धनगढी : बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। चैत १२ गते बेलुकी कोठामै गई हातमुख च्यापेर जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार पीडित जेठानीको सहायतामा प्रहरीको […]
काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । […]
विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय […]