होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २८ वर्षमा अनमोल : करिअर सफल, अभिनयमा निखार ल्याउन आवश्यक
समाचार

२८ वर्षमा अनमोल : करिअर सफल, अभिनयमा निखार ल्याउन आवश्यक

  • नागरिक रैबार
२८ वर्षमा अनमोल : करिअर सफल, अभिनयमा निखार ल्याउन आवश्यक

काठमाडौं । अभिनेता अनमोल केसी बुधबार आफ्नो जन्मदिन मनाउँदैछन् । उनी २८ वर्षमा प्रवेश गरेका छन् । उनको अभिनय करिअरले पनि १४ वर्ष पार गरिसकेको छ । सन् २०६५ सालमा रिलिज भएको फिल्म ‘सुपरस्टार’ उनको पहिलो फिल्म हो ।

घरेलु बक्स अफिसमा ब्लकबस्टर बनेको फिल्म ‘सुपरस्टार’मा अनमोल बाल कलाकारको रुपमा फिचर्ड थिए । ११ वटा फिल्म खेलिसकेका अनमोलको केन्द्रीय भूमिका रहेको फिल्म ‘होस्टेल’ सुपरहिट भएको थियो ।

हेमराज बीसी निर्देशित यो फिल्मको सफलतापछि अनमोलले पछाडि फर्केर हेर्नुपरेन । जेरी, गाजलु, ड्रिम्स, कृ, क्याप्टेन, ए मेरो हजुर ३ उनका हिट फिल्म हुन् । यस्तै ‘म त तिम्रै हुँ’ उनले आमा सुस्मितासँग मिलेर निर्माण गरेका थिए ।

विज्ञापन

उनको आगामी फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ । त्यसपछि उनी लण्डनमा छायांकन हुने फिल्म ‘हनी बनी’मा व्यस्त हुनेछन् ।

चुनौती पनि उत्तिकै

अनमोलको अभिनय करिअर व्यावसायिक रुपमा सफल रहेपनि उनको अभिनय क्षमतालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अनमोलको अभिनय क्षमतालाई लिएर समीक्षकले प्रश्न उठाइरहेका हुन्छन् । मुख्यतः उनको अभिनयमा निखार आएन भन्ने गुनासो छ । अनमोलले गर्ने चरित्रमा विविधता नआएको विषयमा पनि टिप्पणी हुने गरेको छ ।

अनमोलले जति फिल्म गरे, अधिकांश फिल्ममा उनका चरित्र ‘लार्जर द्यान लाइफ’ शैलीका छन् । उच्चमध्यम वर्गका चरित्र निर्वाह गरेका अनमोलले अब यथार्थमा आधारित फिल्ममा अभिनय गर्नुपर्छ भन्ने सुझाव छ ।

चरित्रको भौतिक पक्ष रुपान्तरणमा उनी प्रतिबद्ध छन् भन्ने कुरा त उनले चरित्रमा डुब्न कपाल र ज्यान बनाउन देखाएको लगावले नै थाहा हुन्छ । तर अभिनेताका लागि चाहिने मुख्य तत्व अभिनय हो । सुरुका फिल्ममा भन्दा उनको अभिनय केही परिपक्क देखिएपनि अपुग रहेको समीक्षकहरुको भनाइ छ ।

‘कलाकारको लागि मुख्य कुरा अभिनय नै हो,’ फिल्म लेखक सामीप्य तिमल्सिना भन्छन्, ‘लामो रेसको घोडा बन्न उसले अझै मिहेनत गर्नुपर्छ ।’

पछिल्लो समय अनमोलालाई सार्वजनिक वृत्तबाट मेगास्टारको उपाधि दिइएको छ । उनले यसलाई स्वीकारेका पनि छन् । ‘उपाधिको मर्मलाई कायम राख्ने हो भने सोही अनुसार अब्बल अभिनेता र अभिनयको पक्षमा उनले आफूलाई उभ्याउनुपर्छ,’ तिमिल्सिना अगाडि भन्छन्, ‘किनभने पछिल्लो समय प्रतिस्पर्धा छ ।’

वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’मा अनमोल मुख्य भूमिकामा छन् । सोही मितिमा दुई भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार