होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले […]
देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने […]
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए । देशको प्रधानमन्त्री […]
जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिएका थिए । अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर […]
काठमाडौंः सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन्। एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो। सिद्धिबहादुर रायमाझीलाई गोली हानी हत्या गर्नका लागि भारतीय सुटर बोलाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत ५० वर्षीय विश्वराज पोखरेल गत पुसदेखि फरार थिए। अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी […]
धनगढीः गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिला अधिकारीहरु हेरफेर गरेको छ। गृहले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो। दोलखामा भोजराज खतिवडालाई खटाएको छ भने पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेर नारायण सापकोटालाई खटाएको गृह मन्त्रालयले जनाएको छ। पर्वतबाट गृहमा तानिएकी देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणमा जिम्मेवारी दिएर पठाइएको छ।
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्दैछन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा प्रदेशमा पार्टीको अवस्थाबारे प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्न लागेका हुन् । एमालेका एक नेताका अनुसार भूगोलका सातवटा प्रदेश कमिटीका संयोजक र उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकले रिपोर्टिङ गर्नेछन् । एमालेले यो बैठकमा […]
काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ । बैठकका कार्यसूची १ . रिपोर्टिङ २ . राजनीतिक प्रतिवेदन ३ . विभागहरूको गठन ४ . स्थानीय […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए । ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले […]
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार बिहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर […]
बझाङः बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ परेका छन्। १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार मुद्धा दर्ता गरेको हो। गत चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ […]
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्। बुधबार उनी सकल जैन समाजले आयोजना गरेको शान्ति पद यात्रामा सहभागी भएकी छिन्। उक्त शान्ति पद यात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेसमा हुने सभा कार्यक्रम स्थलसम्म आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा […]
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो। प्रदेश […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ लाख स्वास्थ्य मन्त्रालयले आफूलाई राखेको छ । र, बाँकी रकम आफू मातहतका ४१ वटा निकायलाई बाँडफाँट गरेको छ । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना […]
नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो । काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । काँग्रेस बागमती प्रदेश सभापति […]
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताएका छन् । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने बताए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ र […]