होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केजीएफ-२ ले रिलीजअगाडि नै बनायो रेकर्ड
समाचार

केजीएफ-२ ले रिलीजअगाडि नै बनायो रेकर्ड

  • नागरिक रैबार
केजीएफ-२ ले रिलीजअगाडि नै बनायो रेकर्ड

दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ ।

यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज बटुलेर ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । हालसम्म कुनै पनि भारतीय चलचित्रले पहिलो २४ घण्टामा यति भ्यूज पाएको थिएन । ट्रेलरमा सञ्जय दत्ता, रवीना टंडनले दर्शकको ध्यान खिचेका छन् । पहिलो च्याप्टरमा साउथका चर्चित अभिनेता यशको मुख्य भूमिका रहेको थियो ।

हिन्दी भर्जनमा ५४ मिलियिन भ्यूज भएको छ भने तलुगु, कन्नड, तमिल र मलियालममा पनि उत्तिकै मात्रामा भ्यूज देखिएको छ । यो फिल्ःम अप्रिल १४ मा रिलीज हुँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार