होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् । त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका […]
नागरिक रैबार /बाजुरा २६ बैशाख । नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो । नगरका ९ […]
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।गोरखाको पालुङटार नगर प्रमुखमा एमालेले जसपालाई सहयोग गर्ने र उपप्रमुखमा जसपाले एमालेलाई सहयोग गर्नेगरी तालमेल भएको हो । ‘स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र […]
काठमाडौँ — सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने […]
आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनुहुन्छ भने तपाईँले भोट हाल्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ।यसपटकको निर्वाचनमा मतदाताले अघिल्लो जस्तै सात वटा छाप लगाउन पाउँछन्। मतपत्र लामो र ठूलो हुन्छ। त्यसैले, यसपटक मत हाल्दा अलि धेरै ध्यान दिनुपर्ने हुन्छ। आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर […]
भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए । त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्मा राखिने श्रेष्ठले बताए । […]
काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, […]
धनगढीः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा छन्। उनी डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्। सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार दिउँसो अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले […]
काठमाडौं। जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतारः द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर सार्वजनिक भएको छ।विश्वभरका दर्शकले अवतारको दोस्रो पार्टलाई प्रतिक्षा गरिरहेका छन्। यसअघि १३ वर्ष अगाडि अवतार चलचित्रको पहिलो पार्ट विश्व चर्चित बनेको थियो। हलिउडको यो बहुप्रतीक्षित चलचित्र आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुने भएको छ।सन् २००९ मा रिलिज भएको ‘अवतार’ले २.८४ […]
रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल […]
ललितपुर । सानेपा क्लबले शहिद स्मारक सी डिभिजन लिग फुटबलमा चौंथो जित हासिल गरेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा रानिबन स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै सानेपाले चौंथो जित दर्ता गरेको हो । सानेपाको जितका लागि विवश मगर, खेमराज तामाङ र रविन बमले एक एक गोल गरे ।यस्तै रानीबनका लागि दीपक […]
दमौली : तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। बेपत्ता बालकको आज पनि […]
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन्।अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४८०) को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरू विदेशमा छन्। कुल खस्ने मतको हिसावअनुसार यो आधा भन्दा धेरै हो। त्यस्तै मतदानको काममा खटिने कर्मचारी २ लाख […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम […]
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको […]
धनगढी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट काठमाडौं फर्किने भएका छन्। उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका हुन्। देउवा चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका थिए।
सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् ।राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरका अवसरमा शुभकामना दिएकी हुन् । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका […]
काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो । ‘छ वटा महानगरपालिका र उपमहानगरपालिकाको गणना हाम्रा लागि चुनौती हो,’ आयोगको निर्वाचन व्यवस्थापन महाशाखा […]
काठमाडौं, बैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न उनीहरूले माग गरेका छन् । चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम […]