होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पौडी खेल्दा बेपत्ता भएका बालक अझै भेटिएनन्
समाचार

पौडी खेल्दा बेपत्ता भएका बालक अझै भेटिएनन्

  • नागरिक रैबार
पौडी खेल्दा बेपत्ता भएका बालक अझै भेटिएनन्

दमौली : तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ। पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन्।

अन्य दुई भने नदी तर्न सफल भएका थिए। बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्याउन आग्रह गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै