होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । स्थानीय चुनाव आउन १२ दिन बाँकी रहँदा निर्वाचन आयोगले आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निम्ति नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको छ । आयोगको सूचनामा भनिएको छ ‘…आयोगले तयार पारेको सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा २०७९ वैशाख २९ गतेभित्र फेसबुक, यूट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र २०, ३० र ५० […]
नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् । नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड […]
निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो । यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । […]
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना […]
काठमाडौं । काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के-के गुण हुन जरुरी छ भनेर प्रश्न […]
अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ । महासंघले २००, ५०० र २००० रुपैयाँका […]
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘… २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको […]
बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन । ‘उम्मेदवारहरू घरदैलो […]
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए । स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् । […]
सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट […]
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन […]
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र […]
नागरिक रैबार/ बाजुरा १९ बैशाख। बाजुराकाे बुढिगंगा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा आएका छन । बुढिगगा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् […]
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले […]
निर्वाचन आयोगले उम्मेदवारी नदिने दलको निर्वाचन चिह्न मतपत्रमा नराख्ने सैद्धान्तिक निर्णय त गरेको छ । त्यसका लागि सबै पद खाली हुनुपर्ने मापदण्ड बनाएकाले निर्णयको कुनै अर्थ हुने देखिंदैन । १९ बैशाख, काठमाडौं । निर्वाचन आयोगले केही दिनअघि काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र सबैभन्दा ढिलो छाप्ने भनी निर्णय गर्यो । उम्मेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र […]
नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा प्रयोग गरेको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन । करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ ।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान नगरपालिकाको वडा नं. १ बाट सुरु गरेको हो । यस अघि नगरका १० वटै वडाका मतदातासंग प्रत्येक्ष साक्षात्कार गरिसकेको एमाले बुढीनन्दा नगर कमिटीले आजबाट पुनः घरदैलो अभियान सुरु गरेको हो । १ नं. […]