होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सी डिभिजन लिगमा सानेपा क्लबको चौंथो जित
समाचार

सी डिभिजन लिगमा सानेपा क्लबको चौंथो जित

  • नागरिक रैबार
सी डिभिजन लिगमा सानेपा क्लबको चौंथो जित

ललितपुर । सानेपा क्लबले शहिद स्मारक सी डिभिजन लिग फुटबलमा चौंथो जित हासिल गरेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा रानिबन स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै सानेपाले चौंथो जित दर्ता गरेको हो ।

सानेपाको जितका लागि विवश मगर, खेमराज तामाङ र रविन बमले एक एक गोल गरे ।यस्तै रानीबनका लागि दीपक विकले एक गोल गरे ।खेलमा शुरुवाती अग्रता रानिबनले नै बनाएको थियो । खेलको ४१ औं मिनटमा दीपकले गोल गरेपछि खेलमा रानिबले अग्रता लिएको थियो ।

तर ७६ मिनटमा सानेपाका विवशले गोल गरेपछि खेल १-१ को बराबरी अवस्थामा पुगेको थियो । ८२ औं मिनटमा खेमराजले गोल गरेपछि सानेपा २-१ ले अघि रह्यो ।

विज्ञापन

त्यसपछि खेलको इन्जुरी समयमा रबिनले गोल गर्दै सानेपालाई ३-१ गोल अन्तरको सहज जित दिलाए ।यस जितसँगै सानेपाले लिगमा ७ खेलबाट १३ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता हार बेहोरेको रानिबनले समान खेलबाट ७ अंक जोडेको छ ।जारी लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेको छ ।

लिगको समाप्तीपछि शिर्ष स्थानमा रहने दुई टोली बी डिभिजन लिगमा बढुवा हँदा पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै