होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नक्कली चुरोट रोक्न माग
समाचार

नक्कली चुरोट रोक्न माग

  • नागरिक रैबार
नक्कली चुरोट रोक्न माग

काठमाडौं, बैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न उनीहरूले माग गरेका छन् ।

चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम हुँदै गर्दा पर्यटक आउने क्रम बढेको र योसँगै गैरकानुनी रुपमा आयातित चुरोटको व्यापार पनि बढ्ने बताएको छ ।

कम्पनीका एक अधिकारीले बजारमा गैरकानूनी रूपमा (चोरी पैठारी) भित्रिएका चुरोटको विक्री वितरण हुँदै आएको बताए । ‘जसले गर्दा स्वदेशी उद्योगको उत्पादनले बजार र सरकारले राजस्व गुमाएको छ,’ उनले भने, ‘चोरी पैठारी नरोक्ने र कर पनि बढाउने हो भने गुट्खा जस्ता अन्य वस्तुको खपत बढ्ने र त्यसबाट राज्यलाई राजस्व प्राप्त हुँदैन ।’

विज्ञापन

काठमाडौंका बजारमा नक्कली चुरोटको विक्री बढेको पनि कम्पनीले उल्लेख गरेको छ । पर्यटकलाई लक्षित गरेर अन्तरराष्ट्रिय ब्रान्डका चुरोट अहिले बजारमा आएको ती अधिकारीले बताए ।

स्वदेशी सुर्तीजन्य वस्तु उत्पादनको अवस्थालाई विश्लेषण गरेर मात्रै सरकारले नीति लिनुपर्ने बताइएको छ । सुर्तीजन्य वस्तुमा लागेको कर कम भनिए पनि सबैभन्दा बढी विक्री हुने सूर्य नेपालको पाइलट चुरोटमा ७० प्रतिशत कर तिर्नुपरेको उनले बताए । कर बढाउँदा चुरोटको मूल्य बढी हुने र यसले उपभोक्ता गुट्खाजस्ता अन्य सुर्तीजन्य वस्तुको उपभोगमा जाने र राजस्व संकलन पनि घट्ने उनले बताए । आर्थिक अभियान दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार