होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको समिक्षालय भवन भित्र गरिने भएको छ । बडीमालिका नगरपालिका अन्तरगतका ९ वटै वडाका उम्मेदवार र नगरका मेयर उपमेयरका उम्मेदवारहरुको लागि हुने निर्वाचनको मतगणना उक्त भवनमा गरिने मुख्य निर्वाचन अधिकृतकोे कार्यालय बडीमालिकाले जनाएको छ । भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । […]
बझाङ: बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय केशवबहादुर सिंह नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनले बिहीबार बिहान जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार नजिकै सिमभाडी भन्ने ठाउँबाट हामफालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सिंहको प्रहरी र सशस्त्रको टोलीले खोजतलास जारी राखेको […]
धनगढीः सुदूरपश्चिममा १६ लाखभन्दा बढी मतदाता छन्। यिनै मतदाताले आगामी नेतृत्वका लागि जनप्रतिनिधि चुन्नेछन्। तर स्थानीय तह निर्वाचनमा ठूलो जनसंख्या मतदान गर्नबाट वञ्चित हुने देखिएको छ। झण्डै ७ लाखको हाराहारीमा भारतका विभिन्न सहर र २ लाख २६ हजार वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेकाहरुले आफ्नो मतको प्रयोग गर्न नपाउने भएका हुन्। हरेक नागरिकलाई मताधिकारको अधिकार […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। कैलालीको अत्तरियाबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार विहान डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचय–पत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचय–पत्र वितरण शुरु गरेको हो । आज (बुधवार) र विहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय–पत्र वितरण […]
बझाङ – बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले […]
रसुवा – शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकाेप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बाजुरा सदरमुकाम समेत रहेको मार्तडी बजार सुनसान बनेको छ । स्थानीय तहको निर्बाचान आउन २ दिन बाँकी रहेपछि सदरमुकाम मार्तडीमा विभिन्न व्यवासाय गर्दै आएका मतदाताहरू सदमुकाम छाेडेर मत खसाल्न गाउँतिर गएपछि सदरमुकाम मार्तडी सुनसान बनेको हो । सदरमुकाम मार्तडीमा रहेकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का मतदाताबाहेक अन्य […]
निर्वाचन आयोगले यही वैशाख ३० गते मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा पानी पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनले भने–‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले […]
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘सम्बन्धित […]
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकामा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विरोध जनाएको छ । विद्यालयमा मतदान केन्द्र रहने भएकाले निर्वाचन आयोगको अनुरोधमा सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।सरकारले बिहीबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर बालबालिका शान्ति […]
काठमाडौं । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६ वैशाखमा यो संख्या […]
गोरखा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए । ‘वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको […]
काठमाडौं, २८ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ […]