होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल सकिएपछि डिपाेमा ताला लगाएर चामल विक्रि वितरण बन्द गरेकाे छ । बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएपछि चामल विक्रि वितरण बन्द गरेकाे हाे । डिपाेमा रहेकाे माैज्दात चामल बिक्री दर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताएका […]
समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार (भदौ २६ गते) हुने भएको छ । भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत […]
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बांै लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि […]
हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दबाब महसुस गरिरहेको बताएका छन्। आतबार हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले सरकार भ्रष्टाचार, बेथिती र कुशासनविरुद्धको अभियानमा भएकाले सरकार र आफूविरुद्ध दबाब बढाउन एक समूह नै लागिपरेको बताएका बताए। उनले भने, ‘सरकारविरुद्ध एक प्रकारको दबाब महसुस भइरहेको छ।’ उनले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई […]
हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अब वर्तमान सरकारको विकल्प खोज्नुपर्ने समय भएको बताएका छन्।आइतबार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबीसमेत गरे। उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको र जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन खोजेको आरोप लगाए।‘देशमा […]
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी […]
कैलाली । कैलालीको पायोनियर स्कलर्स एकेडेमीका प्रिन्सीपल कुल प्रसाद भट्ट प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । ग्रामीण क्षेत्रमा रहेपनि शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै उनलाइ ‘सार्क एजुकेसन अवार्ड २०२३’ प्रदान गरिएको हो । ‘सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’को सहकार्यमा शनिबार भारतको पश्चिम बङ्गाल स्थित सेन्ट जोसेफ […]
धनगढीः सुदूरपश्चिमको पहाडी भू–भागमा वर्षा हुँदैछ। पहाडी जिल्ला अझै वर्ष हुने अनुमान गरिएको छ। पहाडी जिल्लामा वर्षा जारी रहेकाले महाकालीसहितका नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ। देशका अधिकांश ठूला नदीमा आज पानीको बहाउ सामान्य घटबढ हुने पूर्वानुमान गरिएको हो। केही साना नदीमा बहाउ बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, […]
धनगढी । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।व्याँस गाउँपालिका-१ को छयाँलेकमा सशस्त्र प्रहरीले शुक्रबार बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले तिङ्करमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल (एआईजी)ले विधिवत् रूपमा शुक्रबार उद्घाटन […]
नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक […]
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै बिरोध जनाएर सडकमा उत्रेको थियो । तर, […]
नागरिक रैबार/ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका मन्दिरमा फेरि दलित भक्तजन माथि विभेद गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको जनाइएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित बडिमालिका ९ कि एक युवतीले गुनासो गरेकि छन् । बडीमालिका धार्मीक यात्राको […]
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच […]
धनबहादुर बोहरा कोल्टी २० भदौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमका गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुल लगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको हो । भौगोलिक विकटताका कारण […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिएसंगै बजारमा एकपछि अर्को गर्दै विभिन्न भाकामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यस वर्षपनि तीज पर्वलाई लक्षित गर्दै हजारौं गीतहरु सार्वजनिक भईसकेका छन् । यसै विच बहुचर्चित बालगायक सुप्रिम मल्लको स्वरमा नयाँ ॅतीज आउँछ परेली भिजाउँछ’ बोलको गीत सार्वजनिक गरेका […]
राजेन्द्र विक बाजुरा,२०भदौ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख रावतले एक जना स्थानियलाइ निर्घात कुटपिट गरेका छन । सोही वडाका स्थानिय नरबहादुर बुढालाई वडा अध्यक्ष रावतले मंगलबार दिउसो मदिरा सेवन गरी निर्घात कुटपिट गरेका हुन । वडा अध्यक्ष बिर्ख रावत सहित उनका कार्यक्रता हरुको समूहले मदिरा सेवन गरी मंगलबार […]
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै […]
२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुरा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज सयुक्त विज्ञप्ति जारी गर्दै भदौ २२ गते हुने निजामती सेवा दिवस नमनाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस […]
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । चार दिनदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा निर्वाचन सुरु भएको हो । नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका […]