होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै
समाचार

नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

  • नागरिक रैबार
नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको थियो भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ ।बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार