होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि […]
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’ त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ। गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट विनियोजनमा प्रस्तुत गरिएको छ। आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये […]
काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ । यो […]
बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ । बाजुराको बुढीगंगामा बिहीबार हुन लागेको पुन: मतदानका क्रममा खटिएका सेना, सशस्त्र प्रहरी र नेपाल […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु […]
दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्। प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी […]
जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले […]
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो […]
विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।मंगलबार उनले प्रदेश १ का सभामुख प्रदिपकुमार […]
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ । आज मिलेन । भोलि वा […]
काठमाडौं । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ । […]
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ । जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या […]
काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् । दुवै […]
रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा […]
दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ […]
काठमाडौं । सरकारले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने गरी ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ ल्याएको छ । प्रस्तावित विधेयकमा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ता तथा नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने उल्लेख छ । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ । ‘पशु स्वास्थ्य […]