होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए । बालविकासदेखि कक्षा १२ सम्म रहेको […]
काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, […]
धनगढीः नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ। यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ। प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो। बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन परिषद्को बैठकले सो कार्ययोजना पारित गरेको हो। कार्ययोजनामा प्रदेशमा यस वर्षको मनसुनका कारण कुल दुई लाख […]
काठमाडौं । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् । यशराज फिल्म्सले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ । खाकीको बर्दी र निधारमा सेतो टीका […]
काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् । ‘मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको […]
काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने । १० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको […]
अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी […]
रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ । लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । केन्द्रीय […]
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गरे । स्थानीय तह निर्वाचन ऐनले […]
काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् । बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार […]
धनगढी: अछामको पञ्चदेवल विनायक नगरपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाको वडा नम्बर ४ का किशोर विनोद शाहीको हत्याका आरोपी अझैँ पक्राउ नपरेका भन्दै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको हो। नगरपालिकाको कार्यालय भने जेठ २२ गतेदेखि नै बन्द थियो। १५ वर्षीय विनोद जेठ २१ गते बिहान १० बजे गाउँनजिकैको भिरमा मृत फेला परेका थिए। उनको […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ। प्रदेशसभा सदस्यदेखि सर्वसाधारणले पनि प्रदेश बाहिरका योजना बजेटमा समावेश गरेको भन्दै सरकारको विरोध गरेका छन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका […]
लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी आइपुगेका छन् । लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगायत लुम्बिनी आएका हुन्। उनीहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । ‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ […]
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज शुक्रबार हुने भएको छ । राजधानीको धुम्बाराहीस्थित स्टुडियोमा राती ८ बजे हुने फाइनलमा तीनजनाको जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ । प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । […]
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले जवाफी […]
बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि छलफल अघि बढ्न नसकेको हो । आर्थिक मामिला मन्त्रालयको अनुरोधका आधारमा बजेटमाथि छलफल गर्न ८ असारमा सभामुख अर्जुनबहादुर थापाले […]
‘चिसो मान्छे’ हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले ‘रेकर्ड ब्रेक’ गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। ‘भयो, […]