होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेप्से परिसूचक १३.३३ अंकले वृद्धि
समाचार

नेप्से परिसूचक १३.३३ अंकले वृद्धि

  • नागरिक रैबार
नेप्से परिसूचक  १३.३३ अंकले वृद्धि

बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधवार नेप्से १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता, बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ ।

विज्ञापन

नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएसँगै दुई कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, स्वाभिमान लघुवित्तको शेयर मूल्य ५.६८ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा गोर्खाज फाइनान्सले ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार