होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश अन्तर्गत डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा आफ्नो २८९औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सूचना जारी गरी मनसुनजन्य प्राकृतिक विपद्हरुसँग हैजाजन्य रोगलगायत संक्रमण फैलन सक्ने भएकाले इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको हो । मन्त्रालयले खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिनुका साथै जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट […]
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्य संख्या बढेर ९.६७ करोड पुगेको पार्टीका शीर्ष अधिकारीले बताएका छन् । सन् २०२१ को अन्तिमसम्ममा पार्टीको सदस्य संख्या ९ करोड ६७ लाख पुगेको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सांगठनिक विभागले जनाएको छ । शुक्रबार पार्टीको स्थापना दिवसमा विभागका प्रमुखले पार्टी सदस्यसम्बन्धी तथ्यांकहरु सार्वजनिक गरेका थिए । सन् २०१२ मा सी जिनपिङ […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेशसभा सदस्यहरुकै […]
काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७-८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो । रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, […]
नागरिक रैबार/ बाजुरा १६ असार। बाजुरामा १९ औं राष्ट्रिय धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोगं’ भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस भव्यताका साथ मनाईएको हो । कृषि ज्ञान केन्द्र बाजुरा, कृषि विकास शाखा बडीमालिका नगरपालिका र फियान नेपालको संयुक्त आयोजनामा दिवस मनाईएको […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको जगन्नाथ गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवाहरु वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका जनताको आयआर्जन बढाउने उद्वेश्यले वडा नं १ देखि ६ सम्मका किसानहरूलाई कृषि विकास शाखा बाट पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा र पशुसेवा शाखाबाट १६० वटा उन्नत जातका बाख्रा र १२ वटा बोयर जातका […]
नागरिक रैबार/बाजुरा १५ असार। अखिल नेपाल किसान महासंघ बाजुराले किसानहरुको खेतमै पुगी रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमासहयोग भन्ने मुल नाराका साथ महासंघले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार विहान बडीमालिका नगरपालिका ९ का […]
नागरिक रैबार/बाजुरा १५ असार। रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि बाजुराका पत्रकारहरुका लागि ४ दिने तालिम आजबाट मार्तडीमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले उद्घाटन गरेका छन् । तालिमको प्रशिक्षकमा बरिष्ठ […]
काठमाडौं — १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको […]
काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन […]
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको हो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका […]
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरेका छन् । उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष गरे । ‘अब देख्दै जानुस् मैले जुन पार्टीको आज शिलान्याय गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, […]
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्ती निवासी ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् । उनलाई मंगलबार ललितपुरकै थसीखेलबाट पक्राउ गरिएको हो । उनले जन्म मिति २०२६-१२-२६ […]
काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनले स्लोभाकिया जानका लागि ९ लाख […]
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्। सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय […]
भक्तपुर । प्रहरीले एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् । सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । […]
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको […]