होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष […]
काठमाडौँ — कारागारमा रहेका कैदी र थुनुवाका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको छ । कैदीबन्दीका लागि सरकारले परिचयपत्र लागू गरेको यो पहिलोपटक हो । जेल प्रशासन, कैदी, प्रहरी र बिचौलियाको सेटिङमा ‘कैदी साटफेर’ का घटना बाहिरिन थालेपछि विभागले परिचयपत्रबाट सुधारको पहल गरेको हो । अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तानरत र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो । हैजा […]
काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् । वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा […]
जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकको वाइरिङ सर्ट भएर आगलागी […]
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network ) को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन् । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । […]
काठमाडौं । रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिनौ समय लगाएत छायांकन गरिएको हो। कर्णाली प्रदेशको जिवन शैलीको कथा दुख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ। अस्मिता सुनार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । […]
हरिश चन्द, डडेल्धुरा: डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन्। केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन्। बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो। डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही […]
हुम्ला । हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् । मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण […]
हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, […]
जीवन कैला, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र […]
धनगढी: आफ्ना सम्पूर्ण उडानहरू काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट उडान सुरु गरेको छ। बुद्ध एयरले आजदेखि पहिलो उडान धनगढी– काठमाडौँ सुरु गरेको हो। आज पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो। यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको […]
धनगढी: मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। यस्तै पुनर्वासकै एक महिलाले […]
सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ […]
विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ। बुढीनन्दा नगरपालिकाका […]
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा समेत भत्ता नपाएको भन्दै उनीहरुले असार १६ गतेसम्म भत्ता उपलब्ध नभए ओपीडी लगायतका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् […]