होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताएकी छिन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको […]
२० असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् । उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ […]
काठमाडौं । हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् । पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको यो कार्यलाई लिएर बहस भइरहेका छन् । र्याप गायन हुँदै महानगर प्रमुखसम्मको यात्रा तय गरेका […]
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि […]
जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ । जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो । […]
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।
काठमाडौँ — स्थानीय तह निर्वाचन सकिएलगत्तै मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ, मिति घोषणाका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । यही बेला स्वाभाविक प्रश्न उठेको छ– निर्वाचन घोषणा भएपछि अहिलेका सांसदहरूको पद के हुन्छ ? विगतमा अनेक उदाहरण भएका र यसपालि संविधानमा स्पष्ट किटान नभएकाले आधिकारिक निकायबाटै थरीथरी भनाइ आएका छन् । संसद्को कार्यकाल सकिन्छ […]
बाजुरा असार २० । शुक्रबार बाजुराको हिमाली गाउँपालिका– ६ को धुलाचौरस्थित भवानी माध्यमिक विद्यालयमा पुग्दा बिहानको पौने ११ बजिसकेको थियो । तर, सबै कक्षाकोठा सुनसान थिए । विद्यार्थी चौरमै खेलिरहेका थिए । उनीहरूसहित विद्यालयको फोटो खिचेको देखेपछि एक विद्यार्थी दौडिएर शिक्षकको कार्यकक्षमा पुगे । भित्र रहेकी शिक्षिकाको आदेशपछि उनैले हथौडा लिएर घण्टी बजाइदिए । चौरमा खेलिरहेका सबै विद्यार्थी कक्षाकोठामा छिरे । तर, […]
काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् । देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’ अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली […]
दाङ । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए । ०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने […]
नागरिक रैबार बाजुरा २० असार । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको छ । बडीमालिका नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको […]
नागरिक रैबार बाजुरा १९ असार । बडिमालिका नगरपालिकाले भोली सार्बजनिक बिदा दिने निर्णय गरेकाे छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो । बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ । नगरपालिकाका […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीद्धारा अवैध घरेलु बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख […]
नागरिक रैबार बाजुरा १९ असार । बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने सर्बदलिय बैठक अाज सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने राजनितीक दलले प्रतिबद्धता जनाएका छन । बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ । बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले […]
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड छाड्न चाहेको बीबीसीले उल्लेख गरेको छ । ३७ वर्षीय फरवार्ड गत सिजनको सुरुवातदेखि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए ।उनी गत सिजन युनाइटेडका लागि सर्वाधिक […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे । ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले […]
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गरे । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको […]
काठमाडौँ: काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजाल पक्राउ परेका हुन्। कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी सालीलाई उनले पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।