होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ३ भदौ । विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ । सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले चासो नदिँदा कठिनाई भएको हो । सम्पदाको महत्वका विषयमा जानकार नहुँदा विश्वसम्पदा सूचीमा राख्ने कार्य अवरुद्ध […]
काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको […]
बैतडी, भदौ-३ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज मंगलवारदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । सुदूरपश्चिममा […]
३ भदौ, काठमाडौं । राजनीतिलाई विशुद्ध सेवामूलक क्षेत्र मानिन्छ । मूल्य, निष्ठा, इमान्दारिता, त्यागसँगै विचार, भिजन र पारदर्शितालाई पनि राजनीतिमा अपरिहार्य ठानिन्छ । यद्यपि, पछिल्ला निर्वाचनमा यी सबैलाई पाखा लगाउँदै दलभित्र अपारदर्शिता मौलाएको भन्दै चिन्ता व्यक्त भइरहेको छ । यहीबीच सरकारले राजनीतिक दलहरूलाई अनुदान दिन गृहकार्य अघि बढाएको छ । कान्तिपुरका अनुसार राजनीतिक दलहरूलाई चुनावका […]
३१ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर […]
काठमाडौँ — सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । प्राधिकरणले चर्को प्रतिस्पर्धा, ओभर […]
३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात […]
समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ […]
वीरगन्ज – आर्थिक नगरी वीरगन्जमा यस पटक बेग्लै चहलपहको तयारी छ। नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीहरूको जमघट वीरगन्जमा हुने भएको छ। आगामी असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको छ। चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुँदैछन्। चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा […]
गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो । यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ । गर्भ आफै तुहिनुको प्रमुख […]
प्रदेश ५ ब्युरो बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् । प्रदेश […]
२७ साउन, काठमाडौं । अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले आज समेटेका छन् । चुरे क्षेत्रको वन फँडानीको तस्वीर छापेको अन्नपूर्णले पूर्वसभासदले ५ महिनाअघि जन्माएको बच्चा हालसम्म लिन अस्वीकार गर्दै अस्पतालमै छाडेको लेखेको छ । पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी […]
काठमाडौं : पूर्वउद्योगमन्त्री तथा नेकपाका सांसद महेश बस्नेतले राजधानी र मुख्य सहरको सडक सुधारका लागि ‘द्रुत सम्बोधन टोली’ गठन गर्नुपर्ने बताएका छन्। सरकारी अधिकारी, नागरिक समाज, निर्माण व्यवसायी, परामर्शदातालगायत सम्मिलित द्रुत सम्बोधन टोली गठन गर्नुपर्ने उनले बताए। ‘नयाँ सडक बनाउन ठेक्का लाग्ने गरेको छ। तर, बिग्रेको सडक समयमा बन्ने गरेको छैन’, काठमाडौंमा आयोजित पूर्वाधार निर्माणका चुनौती […]
२५ साउन, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा धादिङमा बस दुर्घटनाको समाचारले प्राथमिकता पाएको छ । कान्तिपुर दैनिकले रातभर एक जना मात्रै चालकले बस चलाएकाले उनी निदाएकाले दुर्घटना भएको अनुमान गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले सोही दुर्घटनालाई समेट्दै धादिङमा १ वर्षमा १ सय ४४ दुर्घटना भएको तथ्यांक प्रस्तुत गरेको छ । समाचारस“गै पत्रिकाहरुले दुर्घटनाका घाइतेको […]
२४ साउन, काठमाडौं । नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरोन्टो नेशनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफबाट बाहिरिएको छ । क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत आज विहान भएको प्लेआफको इलिमिनेटर खेलमा सन्दीप आबद्ध टोरोन्टो नेशनल्स डकवर्थ लेविस मेथोडको आधारमा विनिपेग हवक्ससँग दुई रनले पराजित भएको हो । जित नजिक पुगेर पनि अन्तिम समयमा टोरोन्टो चुक्यो । […]
उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् । समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले […]
नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड […]
२४ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैको नजर आईएनजीओको गतिविधिमाथि परेको छ भने केहीले सार्वजनिक जग्गा दुरुपयोग, संसदीय समितिको प्रभावकारितालगायत विषय उठाएका छन् । ‘आईएनजीओले लुकाए १ खर्ब २ अर्ब’ शीर्षक दिएर कान्तिपुरले आईएनजीओको बदमासीबारे मुख्य समाचार छापेको छ । सामाजिक सेवाका नाममा […]
२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । […]
हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले […]