होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आजको पत्रिका : कैदीलाई कारागारभित्रै यौनसम्पर्कको अवसर
देश/प्रदेश

आजको पत्रिका : कैदीलाई कारागारभित्रै यौनसम्पर्कको अवसर

  • नागरिक रैबार
आजको पत्रिका : कैदीलाई कारागारभित्रै यौनसम्पर्कको अवसर

२५ साउन, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा धादिङमा बस दुर्घटनाको समाचारले प्राथमिकता पाएको छ । कान्तिपुर दैनिकले रातभर एक जना मात्रै चालकले बस चलाएकाले उनी निदाएकाले दुर्घटना भएको अनुमान गरेको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले सोही दुर्घटनालाई समेट्दै धादिङमा १ वर्षमा १ सय ४४ दुर्घटना भएको तथ्यांक प्रस्तुत गरेको छ ।

समाचारस“गै पत्रिकाहरुले दुर्घटनाका घाइतेको वयान पनि प्रस्तुत गरेका छन् । कान्तिपुर, नागरिक र गोरखापत्र दैनिकले घाइते समिमराजा अन्सारीको भनाइलाई समाचारसँगै राखेका छन् । उनले बस सडकबाट त्रिशूलीमा खस्दा आफू झ्यालबाट उछिट्टिएर जोगिएको, त्रिशूलीले बगाएर एक सय मिटर तल पुर्याएपछि रुखको बुट्यान समातेर जोगिएको, एक घण्टासम्म पानीमै हेलिएकोलगायतका विवरण दिएका छन् ।

नागरिक दैनिकले कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको मुख्य समाचार छापेको छ । नागरिक लेख्छ– मस्यौदानमा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पत्ती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिने छ । सन्तान नभएका कैदीलाई एक सन्तान जन्माउनका लागि मात्र यस्तो सुविधा दिइने समाचारमा उल्लेख छ ।

विज्ञापन

आजको अन्नपूर्ण पोष्ट दैनिकले नेकपाका शीर्ष तीन नेता केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच अविश्वासपूर्ण त्रास रहेको समाचार छापेको छ । यसैगरी पूर्वराजा वीरेन्द्रको र उनको परिवारका नाममा रहेको २१ हजार ५६३ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत आए पनि तीनको सदुपयोग नभएको समाचार पनि अन्नपूर्णले समेटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि