होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २९ माघ। कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा आलु, कोदो र स्याउपछि अव सिमीको बजारीकरण गर्ने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको कृषि उपजलाई वजारीकरणमा महत्वपुर्ण सहयोग गरिरहेको छ । सोही अनुसार यस अघि कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको अग्रानिक स्याउको वजारीकरण, आलु महोत्सव मार्फत अर्गानिक आलुको बजारीकरण लगायत बाजुरामा उत्पादित […]
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ । नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ […]
काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित […]
साँफेबगर नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका १५ देखि ६० वर्ष उमेरका ९७.३५ प्रतिशात जनता साक्षर भएपछि प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले जिल्लाको पाँच स्थानिय तहको रुपमा साक्षर पालिका घोषण गर्नुभएको छ । साक्षर पालिका घोषण कार्यक्रम बोल्दै सबै प्रदेश सभा सदस्य कुँवरले नागरिक साक्षर भएमा मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो […]
सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको […]
निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि […]
रामबहादुर बिक/ बाजुुरा २० माघ । सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा न९ का २२ परिवार लाई धुँवा रहित चुलो वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपाल बाजुराको आर्थिक सहयोगमा धुवा रहित सुधारिएको फलामे चुलो वितरण गरिएको हो । विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २२ परिवार लाई […]
नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ। राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम […]
नागरिक रैबार/बाजुरा २० माघ। बडीमालिका नगरपालिकामा “एक घर एक धारा” अभियान सूरु गरिने भएको छ । उक्त अभियान बडीमालिका नगरपालिकाको वडा नं. ८ बाट सूरु गरिन लागेकाे हाे । नगरपालिका भित्रको घरधुरीलाई स्वच्छ खानेपानीमा पहुँच बढाउन उक्त अभियान बडीमालिका नगरपालिकाले सूरु गर्न लागेकाे हाे । युनिसेफ नेपालको ५० प्रतिशत र बडीमालिका नगरपालिकाको ३० प्रतिशत र […]
हेटौंडामा दुई स्कुल बसमाथि आगजनी भएको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो। ना ७ ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ। स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा […]
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको […]
काठमाडौं, ८ माघ । पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र […]
डडेल्धुरा, ८ माघ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे। उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर […]
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठकमार्फत उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । प्रतिनिधि सभाको अर्को बैठक आजै दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । दिउँसो ४ बजे बस्ने बैठकलाई जेष्ठ सदस्यको अध्यक्षता बस्नेछ । उक्त बैठकले सभामुख र उपसभामुख चयन […]
अछाममा स्थानीय प्रशासनले २५ दिनको अवधीमा झण्डै पच्चीस सय छाउगोठ भत्काएको छ। गत पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत आईतबार सम्म दुई हजार तीन सय ३९ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले आईतबार सम्म जिल्लाका १० स्थानीय तहका दुई हजार तीन सय ३९ छाउगोठ भत्काएको दिनेश […]
काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबार (आज)का लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी […]
धादिङ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्ने बताए । महानिरीक्षक खनालले भने, ‘सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै […]
हुम्ला- अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको […]
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । उनले लामो समयदेखि वडासचिवका रुपमा […]