होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • फेरि हिमपातको सम्भावना
देश/प्रदेश

फेरि हिमपातको सम्भावना

  • नागरिक रैबार
फेरि हिमपातको सम्भावना

काठमाडौं, ८ माघ । पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नगराउने र वर्षा भइहालेमा फाट्टफुट्ट हुने अनुमान महाशाखाकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशका अधिकांश भूभागमा सामान्य बदली रह्यो ।

विज्ञापन

पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बुधबार मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । बिहीबार भने तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । राति भने देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि