होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय […]
भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको […]
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ […]
नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ । भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका […]
काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको […]
अनिल शाही/काेल्टी २१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आज देखि राहात वितरण गर्न सुरु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा परेका मजदुर, श्रमिक, विरामी र विद्यार्थि लगायतका स्थानियको लगत संकलन गरी आर्थिक रकम सहयोग गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले बताउनुभएको छ । लकडाउनका […]
१६ वैशाख, कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । […]
काठमाडौं । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बहुमत सदस्यको माग बमोजिम बैठक बोलाउन अझै आलटाल गरिरहेका छन् । बैठक बोलाए आफ्नै निर्णयका कारण आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर ओलीले बैठकप्रति अनिच्छा देखाएका हुन् । ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने चर्को दबाब पार्टीभित्र छ । तर, […]
१६ वैशाख कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट […]
काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ । […]
काठमाडौं : पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन्। उनीहरुलई […]
१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय […]
१२ वैशाख, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]
प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको लकडाउनको बीचमा दलसम्बन्धी व्यवस्था गर्ने ऐनमा दलविभाजनमा केही खुकुलो व्यवस्था गर्ने गरी अध्यादेशमार्फत संशोधन गरे । मन्त्रिपरिषदले पारित गर्नेबित्तिकै राष्ट्रपतिले सदर गरेको यो अध्यादेशलाई लिएर तीव्र प्रतिक्रिया आएको छ । धेरैले धेरै कोणबाट विश्लेषण गरे पनि मेरो बुझाइमा मैले भन्दै आएको ओलीको टिममा सक्षम व्यक्ति छैनन् र उनको सहयोगी समूह […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको […]
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ। राति उनीहरूबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। दुवै पार्टीका चार-चार जना नेताले एकता पत्रमा हस्ताक्षर गरेका छन्। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन […]
नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ । मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे । घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू […]
प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ। सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताए। उनले भने, […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ । बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ […]
काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो। कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि-कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी […]