होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारकाे निर्णय
पत्रपत्रिका

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारकाे निर्णय

  • नागरिक रैबार
लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको  थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।

विज्ञापन

पाँचौं लकडाउन

सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।  दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो ।  चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो ।  आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो ।

कोरोनाको जोखिम बढी भएको ठाउँमा लकडाउन गर्ने र कम जोखिम भएको ठाउँमा खुकुलो बनाउने गरी लकडाउनको उपाय खोजी गर्ने सरकारी अधिकारीहरुले बताएका थिए ।  यसवीचमा लकडाउन लामो हुँदै जाँदा यसको विकल्पसमेत खोज्नुपर्ने माग  भइरहेका बेला सरकारले थप १० दिन लकडाउन गर्ने निर्णय गरेको छ ।  वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय बाहिर आइसकेको छैन ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ । आइतबारदेखि राजधानीकै सडकहरुमा स्थानीय सवारी साधन बाक्लै चल्न थालेको अवस्था छ ।

तर, काठमाडौंबाट बाहिर जाने र उपत्यकामा चल्ने सवारी साधनहरु खुकुलो भइरहँदा कोरोनाका संक्रमितहरुको संख्या बढ्ने क्रम रोकिएको छैन । कोरोनाको जोखिम झनै बढ्दो अवस्थामा छ ।

उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार