होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पहिलो स्थानीय संक्रमितको पाचौ‌ं रिपोर्ट पनि पोजेटिभ
देश/प्रदेश

पहिलो स्थानीय संक्रमितको पाचौ‌ं रिपोर्ट पनि पोजेटिभ

  • नागरिक रैबार
पहिलो स्थानीय संक्रमितको पाचौ‌ं रिपोर्ट पनि पोजेटिभ

१६ वैशाख कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

विज्ञापन

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

एक समय सेती प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमित उपचाररत थिए । चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार