होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वीरगञ्‍जमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमित ५१ पुगे
देश/प्रदेश

वीरगञ्‍जमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमित ५१ पुगे

  • नागरिक रैबार
वीरगञ्‍जमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमित ५१ पुगे

काठमाडौं : पर्साको वीरगञ्‍जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्‍ज निवासी ५० वर्षीय पुरुष हुन्।

उनीहरुलई हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए। उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ।

यसैबीच वीरगञ्‍जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन्।

थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार