होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित
समाचार

यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित

  • नागरिक रैबार
यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ । म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो ।

दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५—० गोलले हराएको थियो । म्यान्मारको याङ्गोनमा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।

चीनका लागि खेलको १६औं मिनेटमा युयाङ् युह्यानले पहिलो गोल गरिन् । २६औँ मिनेटमा ह्यु युछिनले दोस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा यिन लिहाङले तेस्रो गोल गरिन् । पहिलो हाफकै इन्जुरी समयको पाँचौं मिनेटमा लु जुआयुले चौथो गोल थपिन् ।

विज्ञापन

यसैगरी निर्धारित समयको ८९औं मिनेटमा यु जिआक्वीले चीनका लागि पाँचौं गोल गरेकी थिइन् । जारी छनोट प्रतियोगितामा चीनको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा चीनले चाइनिज ताइपेलाई १–० गोलले हराएको थियो ।

छनोट प्रतियोगितामा अब नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार